एपीएफ सेमिफाइनलमा

कान्तिपुर संवाददाता

चितवन — डिफेन्डिङ च्याम्पियन सीएमजी क्लब संकटालाई ३–२ ले पराजित गर्दै एपीएफ शनिबार नारायणगढमा जारी १३ औं विकास रनिङ सिल्डको सेमिफाइनलमा प्रवेश गरेको छ । 

संकटाका कर्ण लिम्बूले खेलको २१ औं मिनेटमा पहिलो गोल गरे । एपीएफका रूपबहादुर लामाले खेलको ३२ औं मिनेटमा बराबरी गोल फर्काए । दोस्रो हाफमा एपीएफका बिकु लामाले दुई गोल गर्दै विभागीय टोलीको अग्रता कायम राखे । इन्जुरी टाइममा संकटाका कर्णले फ्रिकिकमा सीधै गोल गर्दै गोलअन्तर घटाए पनि खेलमा फर्काउन सकेनन् । दुई गोल गरेका म्यान अफ द म्याच बनेका एपीएफका बिकु लामाले १० हजार रुपैयाँ हात पारे । आइतबार नेपाल पुलिस क्लब र मनाङ–मस्र्याङ्दीबीच खेल हुँदैछ ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?