आर्मीको ह्याट्रिक

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धात्मक फाइनलमा पश्चिमाञ्चललाई ३–१ ले हराउँदै लगातार तेस्रोपटक प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

आर्मीको ह्याट्रिक

शनिबार ललितपुरस्थित सैनिक शारीरिक तथा खेलकुद प्रशिक्षण केन्द्रको कभर्डहलमा आर्मीले पश्चिमाञ्चललाई २५–१४, २५–१३, २३–२५, २५–१३ ले पराजित गर्‍यो । पहिलो दुई संस्करण पनि जितेको आर्मीले ट्रफीसहित तीन लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता पश्चिमाञ्चलले एक लाख ५० हजारमा चित्त बुझायो । शनिबारै एपीएफलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको नेपाल पुलिस क्लबले ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका ईश्वर थापामगरले पल्सर २०० एनएस मोटरसाइकल प्राप्त गरे । विधागत उत्कृष्टतर्फ आर्मीका कपिलकिशोर श्रेष्ठ (प्रशिक्षक), मानबहादुर श्रेष्ठ (स्पाइकर), भैरव बम (ब्लकर), पुलिसका इमबहादुर राना (लिफ्टर) तथा पश्चिमाञ्चलका अमृत केसी (सर्भर) र दीपक थापा (डिफेन्स) ले १०–१० हजार रुपैयाँ पाए ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?