लिभरपुल दोस्रो स्थानमा

एएफपी

लन्डन — मोहम्मद सलाहले लगातार छैटौं खेलमा गोल गरेपछि लिरभपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार राति वेस्ट ह्यामलाई ४–० ले हरायो । एनफिल्डमा प्राप्त यस जितपछि लिभरपुल लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । 

यो गर्न क्लोपको लिभरपुल लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा अझै १५ अंकले पछाडिरहे पनि अहिलेको जितपछि शीर्ष चारमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना बलियो भएको छ ।


जितमा गोल गर्ने अरु खेलाडीमा एमरी चान, रोबर्टो फिरमिनो र साडियो माने रहे । लिभरपुललाई तेस्रोमा रहेको पुरानो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि एक अंकका अग्रता प्राप्त छ ।


लिभरपुलका लागि सलाहले लिगमा गरेको गोल संख्या भने २३ पुगेको छ र यससँगै उनी टोटनहमका ह्यारी केनसँग बराबरीमा रहेका छन् । उनले यसै सिजनबाट मात्र डेब्यु गरेका हुन् ।


शनिबार रातिका अरु खेलमा हर्डर्सलिल्डले वेस्ट ब्रुमलाई २–१, ब्राइटले स्वान्सीलाई ४–१ र वाटफोर्डले एभरटनलाई १–० ले हरायो । यस्तै लेस्टर र स्टोकले १–१, बर्नमाउथ र न्युकासलले २–२ तथा बर्नली र साउथह्याम्पटनले १–१ को बराबरी खेले ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?