बार्सिलोना र रियल दुवै विजयी

एएफपी

म्याड्रिड — लुइस स्वारेजको ह्याट्रिक र फिलिपे कोउटिन्होको उत्कृष्ट पहिलो लिग गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगमा शनिबार राति गिरोनालाई ६–१ ले हरायो र शीर्ष स्थानमा दस अंकको अग्रता खोलेको छ । 

त्यस जितमा लियोनल मेसीले पनि गोल गरे र फेरि लयमा फर्केको प्रमाण पेस गरे । खेलको सुरुमा गिरोनाले अप्रत्यासित अग्रता लिएको थियो ।


अर्को खेलमा रयल म्याड्रिडले पनि एलाभेसमाथि ४–० को सजिलो जित निकाल्यो । जितपछि रियल तेस्रो स्थानमा छ । त्यसमा क्रिस्टियानो रोनाल्डोले दुई तथा गेराथ बेलले एक गोल गरे ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?