३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तुलसीपुर ३ र ९ च्याम्पियन

दुर्गालाल केसी

दाङ — प्रथम मेयर कप बिच भलिबलमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ ले पुरुष र वडा नम्बर ९ ले महिलातर्फ उपाधि जितेका छन् ।

तुलसीपुर ३ र ९ च्याम्पियन

शीतलपुरस्थित बबई नदी किनारमा शुक्रबार सम्पन्न प्रतियोगितामा फाइनलमा वडा ३ ले वडा ११ लाई २१–९, २१–११ को सोझो सेटमा हरायो । ओमप्रकाश मल्ल र दीपेन्द्र वलीको टिम वडा नम्बर ३ विजयी भएको हो ।


विजेताले तुलसीपुर ३ ले २५ हजार र उपविजेता तुलसीपुर ११ ले १५ हजार रुपैयाँ पुरस्कार पाए । तुलसीपुर ७ तेस्रो हुँदै १० हजार हात पाऱ्यो ।


महिलाको फाइनलमा तुलसीपुर ६ लाई २१–११, २१–१८ को सोझो सेटले पराजित गर्दै जानकी राना र मनीषा वलीको तुलसीपुर ९ टिम च्याम्पियन भएको हो । विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पाए । तुलसीपुर १ तेस्रो भयो । उसले १० हजार हात पारेको छ ।


‘पर्यटनका लागि बिच भलिबल’ भन्ने नारासाथ जिल्लामा पहिलोपल्ट तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ तुलसीपुर १२ का राजन घर्ती र महिलातर्फ तुलसीपुर १ की कोपिला थापा उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनीहरूले १–१हजार नगद पाए । राष्ट्रिय रेफ्री मोहन चन्द, श्याम श्रेष्ठ, भीम डाँगी, खगेन्द्र माझीलगायतले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।


नगरप्रमुख घनश्याम पाण्डेले बिच भलिबलले पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने बताए । नदीलाई पर्यटन विकासमा उपयोग गर्न नयाँ कामको थालनी गरिएको उनले बताए ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?