कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुलिस सेमिफाइनलमा

अमृता अनमोल

बुटवल — तेज तामाङको निर्णायक गोल मदतले एपीएफलाई १–० पराजित गर्दै नेपाल पुलिस क्लब बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

पुलिस सेमिफाइनलमा

पाँचौंपटक उपाधि जित्ने धुनमा रहेको पुलिसका लागि खेलको ७२ औं मिनेटमा तेजले डिबक्समा रहेको बललाई नियन्त्रणमा लिँदै जाली चुमाएका थिए । पुलिसले यसअघि तेस्रो, नवौं, दसौं र १३ औं संस्करणको उपाधि जितेको थियो ।

आक्रामक रणनीति लिएर उत्रिएका दुई विभागीय टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो । सशस्त्रका तर्फबाट भएका गोलको प्रयासमा पुलिसका गोलरक्षक रोशन खड्का बाधक बने । पुलिसको

आक्रमण सम्हालेका रेजिन सुब्बा, रवि पासवान र तेजले उत्कृष्ट प्रदर्शन गरे ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले रेजिनको प्रदर्शनकै कारण टोलीको आक्रमण बलियो भएको प्रतिक्रिया दिए । बल कब्जामा लिने रणनीति, खेलाडीबीच समन्वय र टिम व्यवस्थापन राम्रो भएकाले जित मिलेको उनले बताए । एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले खेलाडीबीच तालमेल नहुँदा हार बेहोर्नुपरेको बताए ।

रविनको पुनरागमन

नेपाल पुलिस क्लबका लागि आइतबार डिफेन्डर रविन श्रेष्ठले कप्तानी सम्हाले । लामो समयदेखि विश्राममा रहेका रविनले यसै खेलबाट पुनरागमन गरेका हुन् ।

एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको अवे खेलमा रविनले घुँडामा चोट बोकेका थिए । उनी त्यसयता शल्यक्रिया गरेर मैदानबाट टाढा रहन बाध्य भएका थिए ।

नेपाली राष्ट्रिय फुटबल टिमले मार्चको अन्त्यमा एसियन कप छनोटअन्तर्गत कतारमा यमनको सामना गर्दैछ ।


आजको खेल

थ्रीस्टारविरुद्ध फ्रेन्ड्स

प्रकाशित : फाल्गुन २८, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?