युभेन्ट्सलाई दोहोरो खुसी

एएफपी

मिलान — इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार युभेन्ट्सलाई दोहोरो खुसी मिलेको छ । इन्टर मिलानसँग गोलरहित बराबरी खेलेपछि नेपोलीले शीर्षस्थानको युभेन्ट्सलाई दबाब दिन कठिन हुने भएको हो । सँगै युभेन्ट्सले पाब्लो डिबालाको दुई गोल मदतले युडिनेसीलाई २–० ले हरायो । 

युभेन्ट्ससँग २७ खेलमा ७१ तथा नेपोलीसँग २८ खेलमा ७० अंक छ । लिगका अन्य खेलमा एसी मिलानले जेनोआलाई १–० र फिओरेन्टिनाले बेनेभेन्टोलाई सोही स्कोरले हराए । लाजियो र काग्लियारी २–२ को बराबरीमा रोकिँदा क्रोटोनेले साम्पडोरियामाथि ४–१ को जित पायो ।


टोटेनहमको जित

लन्डन– इंग्लिस प्रिमियर लिगमा आइतबार टोटेनहम हट्स्परले बर्नमाउथलाई ४–१ ले पराजित गरेको छ । बर्नमाउथले घरेलु मैदानमा खेलको सातौं मिनेटमा जुनियर स्टानिस्लासको गोलमा अग्रता लियो ।

ह्यारी केन पहिलो हाफको मध्यतिर चोट बोक्दै निस्केपछि टोटेनहम थप समस्यामा परेको थियो ।


डेले अलीको ३५ औं मिनेटको गोलमा खेल बराबरीमा आयो । दोस्रो हाफमा ह्युङ मिन सनले दुई तथा सर्ज औरियरले १ गोल गरेपछि टोटेनहम विजयी रह्यो । अंकतालिकामा लिभरपुललाई पछि पार्दै स्पर्स तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?