कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफ्रिकी जितमा रबाडा नायक

एएफपी

पोर्ट एलिजाबेथ — कागिसो रबाडाले मैदानबाहिरको अनुशासनसम्बन्धी कारबाहीलाई बेवास्ता गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि दोस्रो टेस्टको चौथो दिन दक्षिण अफ्रिकाले ६ विकेटको जितसँगै शृंखला बराबरी गरेको छ ।

अफ्रिकी जितमा रबाडा नायक

सोमबार रबाडाको बलिङ चलेपछि अस्ट्रेलियाले छाडेको १ सय १ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ४ विकेट गुमाई पूरा गर्‍यो ।

आगामी दुई टेस्ट प्रतिबन्धमा रहने तीव्र गतिका बलर रबाडाले ५४ रन खर्चंदै ६ विकेट लिएपछि अस्ट्रेलिया २ सय ३९ रनमा समेटियो । दक्षिण अफ्रिकाका थेउनिस डी बु्रएनले विजयी रन प्रहार गर्नुअघि टोलीले ४ विकेट गुमायो । पहिलो इनिङ्समा नटआउट १ सय २६ रन जोडेका एबी डी भिलियर्सले २६ बलमा २८ रन जोडै जिततर्फ उन्मुख गराए ।

त्यसअघि रबाडाले अस्ट्रेलियाको शीर्ष ५ मध्ये तीन विकेट लिएपछि पाहुना टोलीले अघिल्लो दिनको स्कोरमा ५९ रनमात्र थप्न सक्यो । रबाडाले खेलमा कुल ११ विकेट लिए । उनले खेलेका २८ टेस्टमा १० विकेटभन्दा बढी लिएको यो चौथोपल्ट हो । आइतबार राति म्याच रेफ्री जेफ क्रोसँग अनुशासनसम्बन्धी कारबाहीका लागि रबाडा सुनुवाइमा सम्मिलित थिए । खेल सकिएलगत्तै रबाडाले आगामी दुई टेस्ट गुमाउने पक्का भएको हो । उनले जरिवानास्वरुप म्याच फीको ५० प्रतिशत रकम पनि तिर्नुपर्नेछ ।

प्रकाशित : फाल्गुन २९, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?