कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजगढ गोल्डकप : चितवन अन्तिम चारमा 

कान्तिपुर संवाददाता

निजगढ — बाराको निजगढमा जारी निजगढ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा हर्दी युवा समाज चितवन विजयी भएको छ ।

नेपाल खेलकुद क्लब रौतहटलाई ट्राइबेकरमा ५–४ गोलको अन्तरले पराजित गर्दै चितवनले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।


खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा रौतहट क्वाटर फाईनलबाट बाहिरिएको छ । खेलको २९ औ मिनेटमा रौतहटका राजु पहाडीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा चितवनका दिपक चौधरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।


पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।


टाईब्रेकरमा रौतहटका खेलाडी प्रहार गरेको पेनाल्टी किक चितवनका गोल रक्षक विरेन्द्र राउतले उत्कृष्ट बचाउ गरेपछि नतिजा चितवनको पक्षमा गएको हो । टाईब्रेकरमा उत्कृष्ट बचाउ गरेका चितवनका गोल रक्षक राउत नै खेलको म्यान अफ द म्याच घोषित भए ।


फाईनल प्रवेशका लागि बुधबार आयोजक निजगढ युवा क्लब र सशस्त्र प्रहरीको भद्रकाली गण पिलुवा बिच हुदैछ ।

प्रकाशित : फाल्गुन २९, २०७४ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?