चौथो उपत्यकाव्यापी भलिबल प्रतियोगिता सम्पन्न

छात्राको उपाधि जनप्रेमी माविलाई
कान्तिपुर संवाददाता

भक्तपुर — चौथो उपत्यकाव्यापी छात्र तथा छात्रा एजे कप भलिबल प्रतियोगितको छात्रातर्फको उपाधि जनप्रेमी माध्यामिक विद्यालय कौशलटारले जितेको छ । बुधबार बिहान भएको फाइनल खेलमा जनप्रेमीले आदर्श ज्योति स्कुललाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । 


यस्तै छात्र तर्फ ग्यासियर स्कुल काठमाडौंले आदर्श ज्योति माविलाई ३-१ को सेटले पराजित गर्दै उपाधि जित्यो।

Yamaha


छात्रा तर्फको खेलमा आदर्श स्कुल दोस्रो भयो भने तेस्रो स्थान दिव्यदिप स्कुलले प्राप्त गर्‍यो।

छात्र तर्फ पनि आदर्श ज्योतिले दोस्रो स्थानमा नै चित्त बुझाउन पर्‍यो भने तेस्रो भएर वागेश्वरी माविले चित्त बुझायो।

पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १०, ५ र ३ हजार नगद सहित ट्रफी र प्रमाण पत्र पाएका छन्।

प्रतियोगिताको उत्कृष्ट छात्रा खेलाडी जनप्रेमीका अशोका देवकोटा भइन् भने छात्रतर्फ ग्यासियरका विशाल बस्नेत भए। उत्कृष्ट कोच जनप्रेमी रुपेश विष्ट भए।

प्रतियोगितामा छात्र तर्फ १० टोली र छात्रातर्फ ७ टोली सहभागी भएका थिए।

प्रतियोगिता आदर्श ज्योति स्कुलमा गत फागुन २४ गतेदेखि सुरु भएको थियो।

प्रकाशित : फाल्गुन ३०, २०७४ १६:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मन्थली नगरपालिका खुला दिसामुक्त

कान्तिपुर संवाददाता

रामेछाप — रामेछापको मन्थली नगरपालिकालाई खुला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । मन्थली नगरपालिकाद्वारा बुधबार मन्थलीमा आयोजित कार्यक्रममा प्रदेश सांसद शान्तिप्रसाद पौडेलले नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गरेका हुन् ।

नगरका ९ हजार ४ सय ४३ घरपरिवारमा शौचालय बनाइएको छ ।

नगरवासीहरु सार्वजनिक स्थानमा दिसापिसाब गर्नुपर्ने अवस्थाबाट सधैंका लागि मुक्त भएकोमा सांसद पौडेलले बधाइ समेत दिए । उनले शौचालय निर्माण मात्र हैन, प्रयोग गर्नुपर्नेमा जोड दिए ।

मन्थली नगरपालिका मेयर रमेश बस्नेतले सुन्दर नगर बनाउन नगरपालिकासहित सरोकारवाला निकाय र नगरवासीको हालेमालो चाहिने बताए । नगरका विकासका कार्य गर्दा आलोचना र अपमानभन्दा पनि सहकार्य र समन्वय आवश्यक रहेको बस्नेतको भनाइ थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख प्रेमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी दिलीपकुमार लामिछानेलगायतले खुला दिसामुक्त घोषणाले मन्थली नगरका बासिन्दाको स्वास्थ्यमा सुधार आउने आशा व्यक्त गरे ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १६:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT