कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बार्सिलोना र बायर्न पनि अन्तिम आठमा

एएफपी

पेरिस — बार्सिलोना र बार्यन म्युनिखले बुधबार राति युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठको यात्रा तय गरेका छन् । यससँगै प्रतियोगिताको क्वाटरफाइनल पुग्ने टिमको समीकरण पूरा भएको छ । 

बार्सिलोना र बायर्न पनि अन्तिम आठमा

अन्तिम आठ पुग्ने अरु टिममा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड, सेभिया, म्यानचेस्टर सिटी, लिभरपुल, युभेन्ट्स र एएस रोमा रहेका छन् । शुक्रबार क्वाटरफाइनलको ड्र निकालिनेछ ।


यसमा स्पेनका तीन, इंग्ल्यान्ड र इटालीका दुई/दुई तथा जर्मनीको एक क्लब रहेका छन् । यसपल्ट देखि एकै देशका क्लबले पनि क्वाटरफाइनलमा एक आपसको सामना गर्न सक्ने छन् ।


लियोनल मेसीको सयौं च्याम्पियन्स लिग गोलको मदतले बार्सिलोनाले नु क्याम्पमा चेल्सीलाई ३–० ले हरायो र समग्रमा ४–१ को जित निकाल्न सफल रह्यो । मेसीले ६२ औं मिनेटमा गरेको गोल कोशेढुंगा सावित भयो ।


यसअघि उनले तेस्रो मिनेटमा खेलको पहिलो गोल गरेका थिए । त्यसपछि ओसमन डेमबेलेले दोस्रो गोल गरे । बायर्नले भने बेसिकटासलाई ३–१ ले हरायो र समग्रमा ८–१ को फराकिलो अन्तरको अग्रता प्राप्त गर्न सफल रह्यो ।

प्रकाशित : चैत्र १, २०७४ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?