कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

डीपीएललाई आईसीसीको मान्यता

काठमाडौँ — धनगढी क्रिकेट एकेडेमीको आयोजनामा चैत १७ देखि हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता पाएको छ ।

डीपीएल क्रिकेट आईसीसीद्वारा मान्यताप्राप्त प्रतियोगिता भएका जानकारी आईसीसीका सिनियर अपरेसन म्यानेजर क्लाइभ हिच्ककले आफ्ना सदस्य राष्ट्रहरूलाई दिएका छन् ।

आयोजक एकेडेमीका अध्यक्ष सुवास शाहीले आईसीसीको मान्यताप्राप्त भएसँगै लिगको स्तरोन्नति र समग्र क्रिकेट विकासमा सहयोग पुग्ने बताए । मान्यतासँगै सहभागी ६ टोलीले स्तरीय अन्तर्राष्ट्रिय खेलाडी ल्याउने ढोका खुलेको छ ।

प्रकाशित : चैत्र १, २०७४ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?