१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

क्रिकेट विश्वकप छनोट : पपुवा न्यूगिनीविरुद्ध नेपाल (अपडेट)

पीएनजीद्वारा नेपालसामू १ सय १५ रनको लक्ष्य

काठमाडौँ — नेपालले सन् २०१९ मा हुने वान डे विश्वकप छनोटअन्तर्गत प्लेअफको पहिलो चरणमा पीएनजीको सामना गर्दैछ । समूह 'बी' मा चौथो भएको नेपालले समूह 'ए' को पुछारमा रहेको पीएनजीलाई पराजित गरे वान-डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रबल सम्भावना छ । 

क्रिकेट विश्वकप छनोट : पपुवा न्यूगिनीविरुद्ध नेपाल (अपडेट)

खेलको प्रत्यक्ष अपडेट:

प्लेअफअन्तर्गत नेपालले पीएनजीको सामना गर्दा नेदरल्यान्ड्सले हङकङसँग खेल्नेछ । नेपाललाई वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउन पीएनजीविरुद्ध जितको विकल्प भने रहने छैन । नेपालले पीएनजीलाई र नेदरल्यान्ड्सले पनि हङकङलाई पराजित गरेको खण्डमा नेपाललाई चारवर्षे वान–डे अन्तर्राष्ट्रिय मान्यताको मौका मिल्नेछ । नेपालको जितसँगै अर्को खेलमा हङकङ विजयी हुँदा सबै अवसर पाउन नेपालले अर्को खेलमा हङकङमाथि विजय प्राप्त गर्नुपर्ने हुन्छ ।

नेपालले यसअघि पीएनजीविरुद्ध खेलेका तीनै खेलमा हार बेहोरेको छ । सन् २००५ मा भएको पहिलो भिडन्तमा अहिले टोलीका कप्तान पारस खड्का र शक्ति गौचन खेलेका थिए । पारसले अर्धशतक बनाए पनि नेपाल ७० रनले पराजित भयो । त्यसयता सन् २०१५ को अन्त्यतिर विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले दुवै खेल निकै झिनो अन्तरले गुमाएको थियो ।

प्रकाशित : चैत्र १, २०७४ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?