कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रणव र मायांका विजेता

काठमाडौँ — हल्चोकमै शुक्रबार सम्पन्न दसौं सहवीर स्मृति खुला लनटेनिसमा आर्मीका प्रणव खनाल र पुलिस क्लबकी मायांका राणाले उपाधि जितेका छन् ।

प्रणव र मायांका विजेता

पुरुष एकलको फाइनलमा प्रणवले ललितपुरका जितेन्द्र परियारलाई ७–५, ३–६, ६–० को सेटमा हराएर उपाधि जिते । महिला एकलको फाइनलमा मायांकाले आफ्नै बहिनी माहिकालाई ६–४, ३–६, ६–३ ले पराजित गरी उपाधि हत्याइन् । दुवैतर्फका विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाएका थिए । ब्याडमिन्टन र टेनिसका अन्य इभेन्टका खेल बिहीबारै सकिएका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले खेलाडीलाई पुरस्कृत गर्दै प्रतियोगिताले छरिएर रहेका प्रतिभावान खेलाडीलाई एकीकृत गर्दै क्षमता प्रस्फुटन गर्ने अवसर प्रदान गरेको बताए । उनले प्रतियोगिता आयोजना गर्नु संगठनमात्र नभई राष्ट्रका लागि समेत महत्त्वपूर्ण योगदान रहने अपेक्षा व्यक्त गरे ।

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय स्तरका तीनवटै प्रतियोगितामा उल्लेख्य सहभागिता रहेको बताए ।

प्रकाशित : चैत्र ३, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?