२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

लिभरपुलको जितमा सलाहको चार गोल

एएफपी

लन्डन — मोहम्मद सलाहले चार गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा वाटफोर्डलाई एनफिल्डमा शनिबार राति ५–० ले हरायो र लिगको तेस्रो स्थानमा उक्लिन सफल रह्यो ।

लिभरपुलको जितमा सलाहको चार गोल

सलाहले वाटफोर्डको कमजोर डिफेन्सको फाइदा उठाउँदै ४, ४३, ७७ र ८५ औं मिनेटमा गोल गरे । अर्को गोल रोबर्टो फिरमिन्होको नाममा रह्यो । यो जितपछि लिभरपुलको ६३ अंक भएको छ ।


यो चौथोमा रहेको चेल्सीमाथि दुई अंकको अग्रता हो । शनिबारका अरु खेलमा एभरटनले स्टोकलाई २–१, क्रिस्टल प्यालेसले हडर्सफिल्डलाई २–० तथा बर्नमाउथले वेस्ट ब्रुमलाई २–१ ले हरायो ।

प्रकाशित : चैत्र ४, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?