कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानचेस्टर र टोटनहम सेमिफाइनलमा

एएफपी

लन्डन — म्यानचेस्टर युनाइटेडले शनिबार राति एफएकप सेमिफाइनल यात्रा तय गरेको छ । युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएयता म्यानचेस्टरले ब्राइटनलाई २–० ले हरायो ।

म्यानचेस्टर र टोटनहम सेमिफाइनलमा

त्यसमा रोमेलु लुकाक र नेमन्जा माटिचले गोल गरे । जितका बावजुत जोसे मोउरिन्होको म्यानचेस्टरले प्रभावशाली प्रदर्शन भने गर्न सकेन । यसअघि टोटनहमले स्वान्सीमाथि ३–० को प्रभावशाली जित निकालेको थियो ।


म्यानचेस्टर च्याम्पियन्स लिगमा स्पेनका सेभियाविरुद्ध पराजित हुँदै अन्तिम आठमा पुग्न असफल रहेको थियो र यससँगै व्यवस्थापक मोउरिन्होको चर्को आलोचना भएको थियो ।


प्रकाशित : चैत्र ४, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?