१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रोनाल्डोको ५० औं ह्याट्रिक

एएफपी

म्याड्रिड — क्रिस्टियानो रोनाल्डोको ५० औं ह्याट्रिकको मदतले रियल म्याड्रिडले आइतबार राति स्पेनी ला लिगमा गिरोनालाई ६–३ ले हरायो र लिग तालिकाको तेस्रो स्थानमा उक्लियो । 

रोनाल्डोको ५० औं ह्याट्रिक

रोनाल्डोले खेलमा कुल चार गोल गरे । उनले ११, ४७, ६४ र इन्ज्युरी समयमा गोल गरे । रियलको जितपछि ६० अंक भएको छ । यसअघि लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले एथलेटिको बिलबाओलाई २–० ले हरायो ।


एटलेटिको म्याड्रिड भने भिल्लारियलको हातबाट २–१ ले पराजित रह्यो । बार्सिलोनाको ७५ अंक छ भने एटलेटिको ६४ अंकमा दोस्रोमा छ । रियलको ६० अंक भएको छ ।

प्रकाशित : चैत्र ५, २०७४ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?