कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हाउन्ड्सको जितमा सौरभ नायक

काठमाडौँ — सौरभ श्रेष्ठले उत्कृष्ट फर्मलाई जारी राख्दै ३० अंक जोडेपछि एसडीसी हिमालयन हाउन्ड्सले क्विक्स बास्केटबल लिगमा टिम बूढानीलकण्ठ नगरपालिकालाई ७९–७५ ले पराजित गरेको छ ।

हाउन्ड्सको जितमा सौरभ नायक

गोल्फुटारस्थित बूढानीलकण्ठको घरेलु कोर्टमा सौरभलाई मनीष केसीले १७ अंक र १८ रिबाउन्ड लिँदै डबल–डबलको प्रदर्शन गर्दै राम्रो साथ दिए ।

पहिलो क्वाटरमा २६–११ ले पछाडि परेको घरेलु टोलीले दोस्रो क्वाटरको अन्त्यमा १७–१० को पुनरागमन गर्‍यो । त्यसै प्रदर्शनलाई जारी राख्दै तेस्रो क्वाटरमा बूढानीलकण्ठ ४ अंकले अगाडि रह्यो । अन्तिम क्वाटरमा हाउन्ड्सले खेलमा फर्कंदै खेललाई ६५–६५ को बराबरीमा ल्यायो ।

अतिरिक्त समयमा १४–१० ले अगाडि रहँदै हाउन्ड्सले लिगको सातौं जित दर्ता गर्‍यो । बूढानीलकण्ठका विराज रानाले २३ तथा केसाङ ठकुरीले १७ अंक जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । २१ अंकसहित अंक तालिकाको चौथो स्थानमा रहेको हाउन्ड्स पाँचौं स्थानमा रहेको कीर्तिपुरभन्दा ९ अंकले अगाडि छ । बूढानीलकण्ठ भने १० औं हारसँगै प्लेअफबाट बाहिरिसकेको छ । सोमबार कीर्तिपुर बास्केटबल टिमले विशाल मिलन केन्द्र तथा जेभियर कलेजले त्रिभुवन आर्मी क्लबसँग खेल्दैछन् ।

प्रकाशित : चैत्र ५, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?