कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैत दाेस्राे साताबाट चौथो कटारी गोल्डकप

डिल्लीराम खतिवडा

उदयपुर — अगामी चेत १० गतेबाट चौथो कटारी मेयर गोल्डकप कप फुटबल प्रतियोगिता हुने भएको छ । 
सोमबार गोल्डकप आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितबारे जानकारी गराएको हो ।

प्रतियोगितामा ए डिभिजन क्लबसहित ८ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष विनोद कट्वालले जानकारी दिए । साहारा क्लब, गोरखा ब्वाईज रुपन्देही ,बनेपा ब्वाईज क्लब , सरस्वती क्लब काठमाडौं , झापा ११ , चर्च ब्वाईज, संकटा क्लब र आयोजक कटारी ११ले प्रतियाेगितामा सहभागिता जनाउने आयाेजक समितिले जनाएकाे छ ।


गोल्डकपमा प्रथम हुने टिमले नगद ५ लाख र दोस्राे हुनेले २ लाख ५१ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछन् ।


कटारी नगरपालिका र साथीसमूहको संयोजनमा आयोजना गर्न लागिएको चौथो कटारी मेयर गोल्डकप प्रतियोगिता सम्पन्न गर्न ३२ लाख खर्च हुने आयोजक समितिका कोषाध्यक्ष रोहित लामाले जानकारी दिए ।

प्रकाशित : चैत्र ५, २०७४ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?