२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सर्लाहीको जित

अमन कोइराला

सर्लाही — जिवराल कोवारीको उत्कृष्ट प्रदर्शनसँगै राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत सर्लाही–११ ले भुटानको ड्रुक स्टार्स फुटबल क्लबलाई ३–० ले पराजित गरेको छ । शुक्रबार वाग्मतीको मैदानमा निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।

सर्लाहीको जित

दोस्रो हाफको ६३ औं मिनेटमा सर्लाही–११ का जिवरालले सुरुआती अग्रता दिलाए । सुनील लामाको पासलाई जिवरालले सहजै गोलमा परिणत गरेका थिए । एक गोल गरेपछि हौसिएको सर्लाहीले लगातार दबाब सिर्जना गरिरह्यो । ७८ औं मिनेटमा देव गुरुङको पासमा जिवरालले अर्काे गोल थपे । गोलअन्तर बढाएसँगै सर्लाहीले रक्षापंक्तिलाई बलियो बनाउन जोड दिएको थियो ।


थप गरिएको ३ मिनेट इन्जुरी टाइमको अन्तिम मिनेटमा जिवरालको पासलाई सदुपयाग गर्दै देवले सहजै जाली चुमाइदिए । दुई गोल र एक असिस्ट दिएका जिवराल म्यान अफ द म्याच घोषित भए । वाग्मती युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा शनिबारको खेल जावलाखेल युथ क्लब र सुदूरपश्चिम–११ बीच हुनेछ ।

प्रकाशित : चैत्र १०, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?