कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयोजकको फराकिलो जित

अमृता अनमोल

बुटवल — सिजी सुदूरपश्चिम ११ लाई ५–१ ले हराउँदै आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी तेस्रो मदन भण्डारी गोल्डकप नकआउट फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आयोजकको फराकिलो जित

शुक्रबार रामनगरस्थित मानविज्ञान माविको मैदानमा मदन भण्डारीका प्रकाश बुढाथोकीले १८ औं मिनेटमा सुरुआती अग्रता दिलाए । पहिलो हाफको ४४ औं मिनेटमा सुदूरपश्चिमका पूर्ण अञ्जन ध्वजुले बराबरी गोल फर्काए ।


दोस्रो हाफमा मदन भण्डारीले आक्रामक प्रदर्शन गर्दै ४ गोल थप्यो । ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै प्रकाशले टोलीलाई पुन: अग्रता दिलाए । ७१ औं मिनेटमा विपक्षी खेलाडीबाट बल खोस्दै विदेशी खेलाडी सेड्रिक आबाले अग्रता दोब्बर पारे । ७७ औं मिनेटमा विश्व अधिकारीले अर्को गोल थपे । लगातार गोल खाएर हतोत्साहित सुदूरपश्चिमविरुद्ध ८९ औं मिनेटमा मदन भण्डारीका दीप आलेले पाँचौं गोल गरे ।


सुदूरपश्चिमका प्रशिक्षक सुरेश हमालले खेलाडीबीच समन्वय नहुँदा जित निकाल्न नसकेको बताए । मदन भण्डारीका प्रशिक्षक सुन्दर थापाले राम्रो तयारीका साथ खेलेकाले जित सम्भव भएको बताए । म्यान अफ द म्याच मदन भण्डारीका प्रकाश बुढाथोकीले १५ हजार रुपैयाँ पाए । आइतबार झापा ११ र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र १०, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?