१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

स्मिथलाई कप्तानबाट हटाउ : अस्ट्रेलिया सरकार

एएफपी

सिड्नी — दक्षिण अफ्रिकाविरुद्ध जारी तेस्रो टेस्ट अन्तर्गत शनिबार अस्ट्रेलियाका क्यामरन ब्यानक्रफ्टले बल टेम्परिङ गरेको स्विकारेसँगै क्रिकेट जगतमा हलचल मच्चिएको छ ।

स्मिथलाई कप्तानबाट हटाउ : अस्ट्रेलिया सरकार

तेस्रो दिनको खेलपछि कप्तान स्मिथले पत्रकार सम्मेलनमा पनि गल्ति स्विकारेका छन् ।


यस घटनाक्रमले विश्व क्रिकेटमा चर्चा बटुलिरहेको छ । क्रिकेटसँग सम्बन्धित व्यक्तित्वले यस कार्यको भर्त्सना गरेका छन् । यसैक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले घटना निराशाजनक रहेको बताए । 'आज बिहान यस्तो नराम्रो खबर सुन्नु पर्दा हामी सबै आश्चर्यचकित भएका छौं । अस्ट्रेलियाली टोली यस्तो घटनामा संलग्न भएको सुन्दा विश्वास लागिरहेको छैन,' टर्नबुलले भने ।


उनले क्रिकेट अस्ट्रेलियाका अध्यक्ष डेविड पिवरसँग वार्तालाप गरेर यस विषयमा गहन छलफल गरेको बताए । 'यो क्रिकेट अस्ट्रेलियाको जिम्मेवारी हो । तर, यो घटनाले हामी सबैलाई निराश तुल्याएको छ । सम्बन्धित संस्थाले छिट्टै उचित निर्णय लिनेमा म विश्वस्त छु,' उनले थपे ।


अस्ट्रेलिया स्पोर्टस कमिसनका अध्यक्ष जोन विलीले टोलीविरुद्ध कडा कारवाही गर्न संघलाई निर्देशन दिइसकेको बताए । 'कप्तान स्मिथले आफैं गल्ती स्विकारेका छन् । कमिसनले कप्तान स्मिथ र यसमा सम्बन्ध राख्ने अन्य नेतृत्वमा रहेका खेलाडी र पदाधिकारीलाई पदमुक्त गर्न आदेश दिएको छ,' उनले भने ।


प्रकाशित : चैत्र ११, २०७४ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?