१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेपालले फेरि लर्डस्‌मा खेल्ने

काठमाडौँ — विश्व क्रिकेटमा फरक पहिचान बनाएको लर्डस् क्रिकेट मैदानमा नेपालले फेरि खेल्ने भएको छ ।

नेपालले फेरि लर्डस्‌मा खेल्ने

जुलाईको अन्तमा नेपालले लर्डस्‌मा गई नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग खेल्ने भएको हो । विश्व प्रसिद्ध लर्डस् मैदान एमसीसीको स्वामित्वमा रहेको छ ।


जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र एमसीसीबीच लर्डसमा त्रिकोणात्मक ट्वान्टी–२० शृंखला हुन लागेको हो । पहिलो खेल लन्डनमा स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुनेछ भने तेस्रो खेल दिउँसो साँढे चार बजे हुने एमसीसीले जनाएको छ ।


जिम्बावेमा हालै सम्पन्न विश्वकप छनोटबाट नेपालले वानडे अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेदरल्यान्ड्सले नेपालसँगैं विश्व क्रिकेट लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गरी प्रतियोगिता जित्दै नोभेम्बरमा वान डे मान्यता प्राप्त राष्ट्र बनेको थियो ।


२०१६ को जुलाईमा नेपालले लर्डस्मा गएर एमसीसीसँग खेलेको थियो । लर्डसमा एसोसिएट राष्ट्रको त्यो पहिलो खेल थियो ।

गत वर्ष यही परम्परालाई निरन्तरता दिदैं एमसीसीले अफगानिस्तानलाई एसोसिएट राष्ट्रकै रुपमा लर्डसमा बोलाएर खेलेको थियो ।

फाइल तस्बिरहरु

प्रकाशित : चैत्र १२, २०७४ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?