३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सुरु भयो सन्दीपको आईपीएल यात्रा

सुरेशराज न्यौपाने

नयाँदिल्ली — इन्डियन प्रिमियर लिग (आईपीएल) मा आबद्ध पहिलो नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली ओर्लनासाथ आफ्नो क्लब दिल्ली डेयरडेभिल्सका प्रायोजकका लागि फोटोसुट र नेट अभ्यासमा व्यस्त भएका छन् । सन्दीप मंगलबारमात्र दिल्ली आइपुगेका हुन् । 

सुरु भयो सन्दीपको आईपीएल यात्रा

यसैबीच बुधबार साँझ ५:३० देखि उनले र टोलीले दिल्ली डेयरडेभिलको गृहमैदान फिरोज शाह कोटला मैदानमा नेट अभ्यास सुरु गर्ने कार्यक्रम छ । आफ्नो व्यस्तताबारे सन्दीपले भने, ‘म यहाँ आउनासाथ फोटोसुटमा व्यस्त छु, बुधबारदेखि अभ्यास पनि सुरु हुँदै छ ।’ सन्दीप र उनको टिम नयाँ दिल्लीको बाह्रखम्बास्थित ललित होटलमा बसेको छ ।


आईपीएलकै पहिलो नेपाली खेलाडीका रूपमा सन्दीप र उनको खेलप्रति नेपालमा मात्र होइन, भारतमै पनि विशेष चासोसाथ हेरिएको छ । सन्दीपको खेलबारे सोधिएको प्रश्नमा दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले सन्दीपको खेलसँग आफू परिचित नभए पनि आईपीएल उनका लागि राम्रो प्लेटफर्म हुने बताए ।


सन्दीपले भने आईपीएल र आफूले पाएको अवसरबारे खासै प्रतिक्रिया जनाएनन् । ‘यसलाई सामान्य रूपमा लिएको छु, कुनै दबाब छैन,’ उनले भने । दिल्ली डेयरडेभिल्सले किंग्स इलेभन पन्जाबविरुद्ध उसैको गृहमैदान मोहालीमा ८ अप्रिलमा खेल्नेछ । दिल्ली अप्रिल ६ मा मोहाली जाने कार्यक्रम छ ।

प्रकाशित : चैत्र १४, २०७४ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?