कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सुदूरपश्चिम उपाधि नजिक

अमन कोइराला

सर्लाही — सुदूरपश्चिम ११ ले बुधबार ब्वाइज युनियन क्लबलाई २–० ले हराउँदै वागमतीमा भइरहेको राजर्षि जनक गोल्डकप फुटबलको फाइनल पुगेको छ ।

दर्शकको अपेक्षाविपरीत सुदूरपश्चिमले राम्रो खेल प्रदर्शन गर्दै ब्वाइज युनियनलाई पछि पारेको हो । पहिलो हाफ अन्तिमसम्म प्रतिस्पर्धात्मक देखिएको खेलमा त्यसपछि सुदूरपश्चिम हाबी भयो ।

खेलको ४० औं मिनेटमा सुदूरपश्चिमका विनोद केसीले पेनाल्टी बक्स नजिकै अब्दुलले मिलाइदिएको बललाई सहजै गोलमा परिणत गरे । मध्यान्तरअघि एक गोलको अग्रता लिएको सुदूरपश्चिमले दोस्रो हाफमा उच्च प्रदर्शन गर्दै खेलमा दबाब कायम राख्यो । आक्रामक खेल खेलेका सुदूरपश्चिमका खेलाडीलाई रोक्न ब्वाइज युनियनलाई मुस्किल परेको थियो ।

दोस्रो हाफको २३ औं मिनेटमा अब्दुलकै पासमा एरोनाले टाढैबाट गरेको शक्तिशाली प्रहार सिधै गोलपोस्टमा छिरेको थियो । दोस्रो गोलपछि सुदूरपश्चिम अलि सुस्ताएको थियो । ३० औं मिनेटमा अब्दुलकै पासमा एरोनको प्रहार विपक्षी गोलरक्षकले विफल पारे । कम समयमा खेल बराबरी गर्ने ब्वाइज युनियनको सबै प्रयास असफल भयो ।

मुम्बईको स्काई क्रेस्ट ब्वाइजलाई हराएर ब्वाइज युनियन सेमिफाइनल पुगेको थियो । सुदूरपश्चिमले जावलाखेल युथ क्लबलाई रोकेको थियो ।

सुदूरपश्चिमका विनोद केसी म्यान अफ द म्याच घोषित भए । बिहीबार दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी र सरस्वती युवा क्लबको प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र १५, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?