१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पदकधारी खेलाडी फर्किए

काठमाडौँ — भुटानको थिम्पुमा भएको दक्षिण एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा दुई पदक जितेको नेपाली एथलेटिक्स टोली बिहीबार फर्किएको छ ।

पदकधारी खेलाडी फर्किए

मार्च २७ तारिखमा भएको प्रतियोगितामा नेपालले १ रजत र १ कांस्य जितेको थियो । व्यक्तिगत स्पर्धामा विश्वरुपा बुढाले रजत जितिन् ।

विश्वरुपासम्मिलित रेशु बस्नेत र विन्द्राधान्के श्रेष्ठको टोली (तस्बिरमा) ले कांस्य जितेको थियो । दुवै विधा ८ किलोमिटर दुरीमा थियो । सानुमाया कार्की पदक जित्न असफल रहिन् । पुरुषमा गजेन्द्र राई, कल्याण बानियाँ, टीकाराम कटुवाल र रामजी बस्नेतले प्रतिस्पर्धा गरेका थिए । सबै पदकविहीन रहे ।

प्रकाशित : चैत्र १६, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?