२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

संकटालाई सफलता

उदयपुर — चौथौ कटारी मेयर गोल्डकप फुटबलमा बिहीबार गोर्खा ब्वाइज रूपन्देहीलाई ३–० ले पराजित गर्दै संकटा क्लब काठमाडौं फाइनल पुगेको छ ।

संकटालाई सफलता

दोस्रो सेमिफाइनलमा संकटाले २९ औं मिनेटमा फ्रि–किकबाट गोलको खाता खोलेको थियो । प्रकाश बुढाथोकीले गोल गरेर संकटालाई अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले अग्रता लिएको संकटाका लागि ८७ औं मिनेटमा विदेशी खेलाडी इब्राहिम क्याउडियाले आकर्षक गोल गर्दै गोल थपेका थिए । त्यसको तीन मिनेटपछि सन्त गुरुङले संकटाका लागि तेस्रो गोल गरेका थिए । रूपन्देहीले पहिलो हाफमा पटक–पटक गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । रूपन्देहीका दीपक राईले दोस्रो हाफमा गरेको आकर्षक प्रहार बारमा लागेर फर्किनु टोलीका लागि दुर्भाग्य बन्यो । त्यसपछि रूपन्देहीले खासै अवसर पाएन । संकटाले सुरुदेखि नै रूपन्देहीलाई दबाबमा राखेर खेलेको थियो । म्यान अफ द म्याच इब्राहिम भए । उनले ५ हजार रुपैयाँ पाए ।

शनिबार उपाधिका लागि संकटाले झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ । झापाले अघिल्लो दिन सहारा क्लब पोखरालाई २–० ले हराएर फाइनल पक्का गरिसकेको छ ।

प्रकाशित : चैत्र १६, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?