१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

यस्तो छ डिपीएल- २ को तयारी

धनगढी — बहुचर्चित धनगढी प्रिमियर लिग (डीपीएल)–२ क्रिकेटको तयारी पुरा भएको छ । धनगढीमा शनिबारदेखि सुरु हुने प्रतियोगितामा भाग लिन खेलाडी तथा अफिसियल धनगढी आइसकेका छन् ।

यस्तो छ डिपीएल- २ को तयारी

प्रदेश नम्बर ७ संघीय प्रहरी इकाई कार्यालयको मैदान खेल्नको लागि तयार भएको छ । उक्त मैदानको निर्माण कार्य डेढ महिनाअघिदेखि सुरु गरिएको थियो । मैदान हरियाली बनाइएको छ । पिच पनि तयारी अवस्थामा छ ।


झन्डै ७ हजार दर्शक अटाउने अस्थायी प्यारापिटको निर्माण कार्य सकिएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममा ६ टोलीकै कप्तान सहभागी थिए । सबै कप्तानल राष्ट्रियस्तरमा यस्तो खालको खेल हुनु खुशीको कुरा भएको बताए ।



सबै तस्बिरहरुः हेमन्त श्रेष्ठ

प्रकाशित : चैत्र १६, २०७४ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?