खेलकुद
चैत्र १७, २०७४

झापालाई कटारी गोल्डकप

चौथो कटारी मेयर गोल्डकप फुटबलको उपाधि रमपम झापा ११ ले जितेको छ । पूर्व विजेता झापाले शनिबार फाइनलमा संकटा क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै ५ लाख रुपैयाँ पुरस्कार जितेको छ । झापा पहिलो संस्करणको विजेता टोली हो । 

प्रशिक्षक अरुणकुमार अर्याल र पूर्व कप्तान राजु खड्का सम्मानित

प्रशिक्षक अरुणकुमार अर्याल र नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राजु खड्का उनीहरुको क्रिकेट योगदानका लागि रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उद्घाटन दिन सम्मानित भएका छन् ।

डीपीएल-२ः काठमाडौं गोल्डेन्स ७ विकेटले विजयी [अपडेट]

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले जित हात पारेको छ । प्रदेश नम्बर ७ संघीय प्रहरी इकाई कार्यालयको मैदानमा शनिबार भएको खेलमा काठमाडौं गोल्डेन्सले टिम चौराह धनगढीलाई सात विकेटेले पराजित गरेको छ । १४६ रनको लक्ष्य १८.४ ओभरमा पुरा गर्‍यो।

क्वीक्स बास्केटबल लिग–रोमाञ्चक फाइनलको आशा

घरेलु प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्ट मानिएको ‘क्वीक्स बास्केटबल लिग’को उपाधि होडमा शनिबार त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल कलेजको प्रतिस्पर्धा रोमाञ्चक हुने आशा गरिएको छ ।

डीपीएलको दोस्रो संस्करण आजबाट सुरु

धनगढीमा शनिबारदेखि रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करणको खेल सुरु भएको छ । प्रदेश नम्बर ७ संघीय प्रहरी इकाई कार्यालयको मैदानमा खेल सुरु हुन लागेको हो । आज हुने पहिलो खेलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्दैछन् ।

ADVERTISEMENT

मोरङ र भुटान भिड्दै

विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं सस्करण शनिबार सुरु हुँदै छ । सहिद मैदानमा ‘फ्लडलाइट’ मा साँझ ६ देखि ८ बजेसम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रिजालको मोरङ ११ र थिम्पू फुटबल क्लव भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालगन्ज कपको टिम सार्वजनिक

नेपालगन्ज कप क्रिकेटमा भाग लिने ६ फ्रेन्चाइज टिम सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको मैदान कोहलपुरमा वैशाख ३ बाट प्रतियोगिता हुँदै छ ।

चैत्र १६, २०७४

एन्फा निर्वाचन चाँडै गर्न माग

अध्यक्षका उम्मेदवार कर्माछिरिङ शेर्पाले स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचन चाँडै गर्न माग गरेका छन् ।

यस्तो छ डिपीएल- २ को तयारी

बहुचर्चित धनगढी प्रिमियर लिग (डीपीएल)–२ क्रिकेटको तयारी पुरा भएको छ । धनगढीमा शनिबारदेखि सुरु हुने प्रतियोगितामा भाग लिन खेलाडी तथा अफिसियल धनगढी आइसकेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

जोमसोममा हाई अल्टिच्युड ट्राई- एडभेन्चर प्रतियोगिता (तस्बिरसहित)

मुस्ताङको जोमसोममा नेपाली सेनाले आयोजना गरेको प्रथम प्रधान सेनापति हाई अल्टिच्युड ट्राई- एडभेन्चर प्रतियोगितमा नेपाली सेनाकै बी टिम प्रथम भएको छ । बी टिममा सेना दीपकसिंह भण्डारी र प्रताप थापा थिए ।

डीपीएलको भव्य तयारी

बहुचर्चित धनगढी प्रिमियर लिग (डीपीएल)–२ क्रिकेटको भव्य तयारी गरिएको छ । धनगढीमा शनिबार सुरु हुने प्रतियोगितामा भाग लिन खेलाडी बिहीबारदेखि धनगढी आउन थालेका छन् ।

उपाधितिर लम्कँदै आर्मी

वागमती मैदानमा बिहीबार राजर्षि जनक गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा सरस्वती युथ क्लबलाई २–१ ले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनल पुगेको छ ।

ADVERTISEMENT