३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

डीपीएलको दोस्रो संस्करण आजबाट सुरु

धनगढी — धनगढीमा शनिबारदेखि रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करणको खेल सुरु भएको छ । प्रदेश नम्बर ७ संघीय प्रहरी इकाई कार्यालयको मैदानमा खेल सुरु हुन लागेको हो । आज हुने पहिलो खेलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्दैछन् ।

डीपीएलको दोस्रो संस्करण आजबाट सुरु

धनगढी स्थानीय टोली एवं डिफेन्डिङ च्याम्पियन हो । टोलीले गत वर्ष विराटनगर किंग्सलाई पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको थियो ।


सो उपाधि जित्दाका राजु रिजाल मात्र अहिले धनगढीको टोलीमा रहेका छन् । यसपाली सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराह धनगढीबाट युएइका कप्तान रोहन मुस्तफा लगायतका खेलाडी खेल्दै छन् ।


गत वर्ष सोमपालले काठमाडौं गोल्डेन्सबाट खेलेका थिए र उनको टोली प्ले अफ सम्म पुगेको थियो ।


ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंबाट भारतीय खेलाडी सन्नी पटेल र जयकिशन कोल्सावाला खेल्दै छन् । कोल्सावालाको बाबुको निधन आज भएपनि आजको खेल खेलेर उनी भारत फर्कँदै छन् ।


प्रकाशित : चैत्र १७, २०७४ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?