कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डीपीएल-२ः काठमाडौं गोल्डेन्स ७ विकेटले विजयी [अपडेट]

धनगढी — रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले जित हात पारेको छ । प्रदेश नम्बर ७ संघीय प्रहरी इकाई कार्यालयको मैदानमा शनिबार भएको खेलमा काठमाडौं गोल्डेन्सले टिम चौराह धनगढीलाई सात विकेटेले पराजित गरेको छ । १४६ रनको लक्ष्य १८.४ ओभरमा पुरा गर्‍यो।

डीपीएल-२ः काठमाडौं गोल्डेन्स ७ विकेटले विजयी [अपडेट]

अमित श्रेष्ठले ८१ र नरेश बुढाऐरले नटआउट २४ रन बनाए । अमितले ६५ बल खेली ९ चौका र ४ छक्का प्रहार गरे ।

टिम चौराहको तर्फबाट सम्साद शेखले र सुनील धमलाले १ विकेट लिए ।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको टिम चौराहले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । टिम चौराहको तर्फबाट सर्वाधिक सुनील धमलाले ५७ बलमा ६८ रन बनाए ।

यस्तै शंकर रानाले ३१ बलमा ३६ रन बनाए भने राजु रिजालले १० रन जोड्न सफल भए ।

यस्तै काठमाडौं गोल्डेन्सका साहब आलम ह्याट्रिक विकेट लिए ।

निरन्तर अपडेटका लागि कान्तिपुर दैनिकको ट्विटर ह्यान्डल फलो गर्नुहोस्ः

प्रकाशित : चैत्र १७, २०७४ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?