झापालाई कटारी गोल्डकप

डिल्लीराम खतिवडा

उदयपुर — चौथो कटारी मेयर गोल्डकप फुटबलको उपाधि रमपम झापा ११ ले जितेको छ । पूर्व विजेता झापाले शनिबार फाइनलमा संकटा क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै ५ लाख रुपैयाँ पुरस्कार जितेको छ । झापा पहिलो संस्करणको विजेता टोली हो । 

उपविजेता संकटाले २ लाख ५१ हजारमा चित्त बुझायो । टाइब्रेकरमा झापाका कर्ण लिम्बू, देवेन्द्र तामाङ, विशाल गुरुङ र प्रवेश गुरुङले गोल गरे । संकटाबाट हेम थापामगर र सौजन राईको प्रहार मात्रै गोलमा परिणत भयो । संकटाका अनिल गुरुङको प्रहार गोलरक्षक मनोज प्रधानले बचाए भने नवीन गुरुङको प्रहार बाहिरियो ।

Yamaha

झापाका योगेश गुरुङको प्रहार गोलरक्षक विनय श्रेष्ठले बचाएका लिए ।
निर्धारित समय र थप १५ मिनेटमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पहिलो हाफमा संकटाका हेम थापामगरको फ्रिकिक बारमा लागेर फर्किनु टोलीका लागि दुर्भाग्य बन्यो । दुवै टोलीले आधा दर्जन प्रहार गरे पनि गोल हुन सकेन ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी झापाका विकाश गुरुङ भए । उनले माउन्टेन साइकल प्राप्त गरे । उदीयमान खेलाडी कटारीका प्रताप राई भए । उनले ५ हजार पुरस्कार पाए । सर्वाधिक गोलकर्ता बनेका संकटाका टम्पी अर्नेस्टले मोबाइल सेट पाए । म्याच अफ द म्याच झापाका निशान्त खडा भए । उनले ५ हजार रुपैयाँ पाए ।

उत्कृष्ट गोलरक्षक झापाका मनोज प्रधान, उत्कृष्ट डिफेन्डर संकटाका सुरज विश्वकर्मा र उत्कृष्ट मिडफिल्डर संकटाका विश्व अधिकारी भए । सबैले मोबाइल सेट पुरस्कार पाए ।

८ टोलीको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष विनोद कटुवालले बताए ।

Esewa Pasal

प्रकाशित : चैत्र १७, २०७४ २०:०७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ट्रयाक्टर दुर्घटनामा मृतककाे संख्या ३ पुग्याे

मृत्यु हनेको संख्या ३ पुग्यो ।
डिल्लीराम खतिवडा

उदयपुर — सिद्धिचरण लोकर्माग अन्तर्गत कटारी घुर्मी खण्डको गहुबारीमा बुधबार बिहान तेल बोकेको ट्रयाक्टर दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

दुर्घटनामा परेर चालक सहित दुईको घटनास्थलमै र अर्का एक गम्भीर घाइते उपचारको क्रममा वयोधा अस्पताल काठमाडौंमा मृत्यु भएको छ। दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन्।

कटारीबाट डिजेल बोकेर घुर्मीतर्फ जाँदै गरेको ना ६ ख ३२३१ नम्बरको ट्रयाक्टर कटारी नगरपालिका–११ गहुबारीमा दुर्घटना हुँदा बाराको अमलेखगञ्ज घर भएका २३ वर्षीय चालक पूर्णबहादुर खनाल, सहचालक बारा निजगढका १७ बर्षीय अभिषेक श्रेष्ठ र मकवानपुरको लामाटारका ३१ बर्षीय सरोज मुक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी निरिक्षक मनप्रसाद श्रेष्ठले बताए।

दुर्घटनामा परेर गम्भीर घाइते भएका भक्तपुरका २४ बर्षीय सुवास तामांग र दोलखा चरिकोटका २५ बर्षीय सुजन गोलेकोराजधानीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। सडकबाट करिब एक हजार मिटर तल खसेर ट्रयाक्टर दुर्घटनामा परेको थियो।

ब्रेक फेल भएर ट्रयाक्टर अनियन्त्रीत हुदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित : चैत्र १४, २०७४ १६:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT