१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महिला क्रिकेटर बंगलादेश प्रस्थान

पर्वत पोर्तेल

काँकडभिट्टा — नेपाली महिला क्रिकेट टोली आइतवार बंगलादेश प्रस्थान गरेको छ । बंगलादेशको रंगपुरस्थित लालमोनिरहाट जिल्लामा आयोजित अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली टोलीत्यसतर्फ प्रस्थान गरेको हो ।

महिला क्रिकेटर बंगलादेश प्रस्थान

खेलाडीहरुलाई मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मीना उप्रेती, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, झापा क्रिकेट संघका अध्यक्ष लाक्पा लामा लगायतले विदाई गरे ।


लालमोनिरहाटमा सञ्चालित रुपाली बैंक प्रथम अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि रुविना क्षेत्रीको कप्तानीमा खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् । टोलीमा नेरी थापा, सीता राना मगर, करुणा भण्डारी, सरिता मगर, इन्दु वर्मा, रितु कनौजिया, सोनु खड्का, सन्तोषीकुमारी चौधरी, काजोल श्रेष्ठ, सरस्वतीकुमारी चौधरी, अलिसा केसी, सुमन विष्टलगायत छन् । सोही अवसरमा टोलीलाई टाइम्स पब्लिकेसनले जर्सी सौजन्य गरेको थियो ।


सबै राष्ट्रिय खेलाडीहरुलाई झापाको मिलन क्रिकेट क्लबले अस्थायी अनुबन्धन गरेर प्रतियोगितामा सहभागी गर्न लागेको हो । क्लबका अध्यक्ष वीरु श्रेष्ठले ५ अफ्रिलसम्म हुने सबै प्रतियोगिताका लागि खेलाडी अनुबन्धन गरेको बताए ।

प्रकाशित : चैत्र १८, २०७४ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?