कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बजेट अभावले संरचना निर्माण प्रभावित

आठौं राष्ट्रिय खेलकुद
कमल पन्थी

बर्दिया — आठौं राष्ट्रिय खेलकुदका लागि बर्दियाको बासगढी र भुरीगाउ‘मा निर्माण गरिने संरचनाका लागि आर्थिक अभाव भएको छ । न्युन बजेट निकासा हुँदा संरचना निर्माण नै सुरु भएको छैन ।

बजेट अभावले संरचना निर्माण प्रभावित

बासगढीमा बहुउद्देशीय कबड्डी र भुरीगाउ‘मा खो–खो कभर्डहल निर्माणका शिलान्यास भएको महिना दिन बितिसक्यो । तर कम बजेटले संरचनाको नाप–नक्साबाहेक अरु काम भएकै छैन ।


दुवै कभर्डहल बनाउन १५–१५ लाख रुपैयाँ बजेट निकासा भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । बासगढीस्थित बहुउद्देश्यीय कभर्डहल निर्माण लागि करिब १६ करोड र भुरीगाउ‘ कबड्डी हलका लागि झन्डै ३ करोड लागत अनुमान छ । समिति अध्यक्ष खगेन्द्र खनालले भौतिक संरचनाका लागि भुरीगाउ‘मा तत्काल १ करोड र बासगढीमा ३ करोड बजेट आवश्यक रहेको बताए । बासगढी बहुउद्देशीय कभर्डहल करिब ८ विघा र भुरीगाउ‘ ४ विघा क्षेत्रफलमा बन्नेछ ।


‘आठौं राष्ट्रिय खेलकुदका लागि भौतिक संरचना निर्माण गर्न उक्त बजेट आवश्यक छ,’ उनले भने, ‘दुवै कभर्हहल बहुउद्देशीय भएकोले पछि थप बजेट चाहिन्छ ।’ पञ्चवर्षीय योजनाभित्र दुवै कभर्डहलको सबै भौतिक संरचना निर्माण गर्ने लक्ष्य छ । भुरीगाउ‘मा करिब दुई महिनाअघि राष्ट्रिय कबड्डी प्रतियोगिता भएको थियो । बसोबासका लागि होटलको कुनै समस्या नभएकाले भुरीगाउ‘का बासिन्दा जसरी भए पनि राष्ट्रिय खेलकुदअन्तर्गत कबड्डीलगायतका खेल गराउन अग्रसर भएका छन् । २०७५ को मंसिरमा हुने आठौं राष्ट्रिय खेलकुदको उद्घाटन नेपालगन्जमा हुने कार्यक्रम छ । मिति तय नभए पनि विभिन्न खेलका लागि कोहलपुर, दाङको लमही र बेलझुन्डीमा संरचना निर्माण हुन थालेका छन् ।


आवासप्रति चासो
सदरमुकाम गुलरिया खेलकुदका लागि उपयुक्त कभर्डहल भए पनि पर्याप्त होटल नहु‘दा खेलाडी र प्रशिक्षकलाई बसोवासको समस्या छ । करिब आठ विघा क्षेत्रफल रहेको गुलरियास्थित कभर्डहलमा ५ हजार दर्शक क्षमता रहेको खेलकुद विकास समितिका सचिव महेश चन्दले बताए । ‘सदरमुकाम भए पनि पर्याप्त होटल छैनन्,’ उनले भने, ‘बसोबास र खेल मैदानका लागि ठाकुरद्वारा र भुरीगाउ‘मा उपयुक्त देखिन्छ ।’


कम्तीमा ६ सय बढी खेलाडी आउ‘दा गुलरियामा त्यसका लागि होटलको उचित व्यवस्था छैन । खेल मैदान भए पनि उचित बसोवासको व्यवस्था नभए समस्या पार्ने समितिका पदाधिकारी बताउ‘छन् । बर्दिया राष्ट्रिय निकुञ्ज भएका कारण ठाकुरद्वारा र भुरीगाउ‘मा प्रशस्त होटल छन् । गुलरियामा सोपाकताक्रो खेल हुने सम्भावना रहेको समितिले जनाएको छ । उक्त खेलको तयारीमा लागेका समितिका पदाधिकारी कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने छलफलमा जुटेका छन् ।


सदरमुकाममा सुविधायुक्त दुई होटलमात्र भएकाले बसोबासका लागि अन्य विकल्पको खोजीमा समिति लागेको छ । राष्ट्रिय खेलकुद भएकाले गुलरिया नगरपालिकाले पनि चासो देखाएको छ । सदरमुकामको प्रतिष्ठासँग जोडिएकाले खेलाडीको बसोवासमा कुनै कमी नहुने नगरप्रमुख मुक्तिनाथ यादवले दाबी गरे ।

प्रकाशित : चैत्र २१, २०७४ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?