आयशा च्याम्पियन

काठमाडौँ — जर्जिया चौधरी र भगवती बिक एनके खुला सफ्ट टेनिसको महिला सिंगल्समा फाइनल पुगेका छन् । त्रिपुरेश्वरस्थित राखेपको कोर्टमा सोमबार जर्जियाले श्रीया राईलाई ४–१ र भगवतीले निमा दावा लामालाई ४–० सेटले हराए ।

आयशा च्याम्पियन

नेपाल खेलाडी तथा प्रशिक्षक संघको सहकार्यमा सन् १९९० देखि २००८ की सफ्ट टेनिसकी राष्ट्रिय च्याम्पियन नीरा कायस्थले आयोजना गरेको प्रतियोगिताको पुरुष सिंगल्समा युकेश योञ्जन, दीपेन्द्र थापामगर, राजेन्द्र श्रेष्ठ, आशिष बोहरा, राजकुमार थापा, बृजेश पाण्डे, उमेश
शाही र आभाष बुढाथोकी क्वाटरफाइनल पुगेका छन् ।

यू–१४ गल्र्स सिंगल्समा आयशा डोल्कर गुरुङ फाइनलमा रोशनी लिम्बूलाई ४–१ ले हराउँदै विजेता बनिन् । यू–१० ब्वाइज सिंगल्समा आयुशमान हजुर घले पहिलो भए । उनले फाइनलमा कुमार गिरीलाई ४–१ ले समाप्त पारे ।

यू–१४ ब्वाइज सिंगल्समा प्रितम परियार र सुरज चौधरी फाइनल पुगेका छन् । यू–१० गल्र्स सिंगल्समा सुनिरा थापा फाइनल पुगिन् । उनले रितिका चौधरी र रशिका पोखरेलबीचको विजेतासँग उपाधि भिडन्त गर्ने छन् । प्रतियोगितामा विभिन्न ६ स्पर्धामा ५६ खेलाडी सहभागी छन् ।

प्रकाशित : चैत्र २७, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?