२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मन्त्रीकहाँ पुगे खेलाडी

काठमाडौँ — नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेल र खेलाडीको हितलक्षित गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारलाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।

मन्त्रीकहाँ पुगे खेलाडी

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले मन्त्रीलाई ६ बूँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गर्‍यो ।

खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, बिमा, यातायात) भत्ता व्यवस्था गर्नुपर्ने, प्रतियोगिताहरू वर्गीकरण गरी पदक जित्ने खेलाडीलाई भत्ता उपलब्ध गराउन नीति बनाउनुपर्ने, नयाँ पुस्ताका खेलाडीलाई खेलक्षेत्रमा आकर्षित गर्न अभिभावकलाई समेत भविष्य सुरक्षित छ भन्ने गरी नीति बनाउनुपर्ने, सबै खेलाडीको स्तरअनुसार पहिचान खुल्ने गरी परिचयपत्र व्यवस्था गरी सहुलियत दिन पहल गर्नुपर्ने, खेलजीवनपछि पनि स्वदेशमै बस्ने वातावरण बनाउन सरकारले नीतिगत पहल गर्नुपर्ने र १३ औं साग खेलकुद निर्धारित समयमै आयोजना हुनुपर्ने उल्लेख गरिएको छ ।

मन्त्री विश्कर्माले आउने बजेटबाट एकता विधिको सुरुआत गर्ने गरी खेलाडीलाई खेलक्षेत्रमा मेरो भविष्य हुन्छ भन्ने प्रत्याभूति दिन कार्य गर्ने बताउँदै चालु बजेटबाट पनि के गर्न सकिन्छ त्यसमा ध्यान दिने आश्वासन दिए ।

प्रकाशित : चैत्र २७, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?