केशवलाई उपाधि

काठमाडौँ — गोल्डेनगेट कलेजका केशव श्रेष्ठले गणेशमान सिंह स्मृति सहकारी कप बुद्धिचालको ट्रफी उचालेका छन् । केशवले स्वागतम्का क्षितिज भण्डारीलाई १.५–०.५ अंकले हराए ।

केशवलाई उपाधि

उनले पुरस्कारस्वरुप यामाहा मोटरसाइकल जितेका छन् । क्षितिजले ५० हजार रुपैयाँ पाए । सोमबारै ब्लिट्ज टाइब्रेकरमा रुपेश जैसवाललाई हराउँदै श्रेयंकरका सुमित पन्त तेस्रो भए । सुमितले ३० हजार तथा रुपेशले २५ हजार पुरस्कार पाए ।

६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भएको प्रतियोगिताको लिगतर्फ शीर्ष वरीयताका ललितपुरका विवेक थिङ ७ अंकसहित पहिलो भए । शुरवीर लामा र मदनकृष्ण कायस्थ दोस्रो र तेस्रो भए । बद्रीलाल नेपाली, विलमलाल श्रेष्ठ, नवीन तण्डुकार, विजय मगर, सविनचन्द्र घिमिरे, सुमन लामा र गणेशमान दुवाल शीर्ष १० मा विजयी भए ।

महिलातर्फ शान्ति धिमाल विजेता बन्दा स्नेहा यादव दोस्रो, मार्सल तामाङ तेस्रो, शीतल कुमारी चौथो र तेजेश्वनी तामाङ पाँचौं भए । २००० भन्दा कम रेटिङमा हरिशचन्द्र चौलागाईं, १८०० भन्दा कम रेटिङमा केशव मानन्धर, अनरेटेडतर्फ मुक्तिनाथ सञ्जेल, यू–१९ तर्फ विराज पुडासैनी र भेट्रनमा राजेन्द्र श्रेष्ठ विजेता भए । समापनमा रुसमा चेस विषयमा अध्ययन गरिरहेका नेपाली खेलाडी विवेक थिङ र रुपेश जैसवाललाई सम्मान गरियो ।

प्रकाशित : चैत्र २७, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?