कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

डीपीएल क्रिकेटः महेन्द्रनगर युनाइटेड दोस्रो क्वालिफायरमा प्रवेश

धनगढी — रुस्लान धनगढी प्रिमियर लिग अन्तर्गत मंगलबार दिउँसोको खेलमा
महेन्द्रनगर युनाइटेडले सीवाईसी अत्तरियालाई १५ रनले पराजिित गरेको छ । संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा भएको खेलमा महेन्द्रनगरले दिएको १३१ रनको लक्ष्य भेट्टाउन सकेन । सीवाईसीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११५ रन मात्रै बनाउन सक्यो ।

डीपीएल क्रिकेटः महेन्द्रनगर युनाइटेड दोस्रो क्वालिफायरमा प्रवेश

कप्तान सुवास खकुरेलले २५ बलमा २ चौका र १ छक्का सहित ३० रन बनाए । दीपेन्द्रसिंह ऐरी २७ र गौरव चित्कारा १४ रनमा आउट भए ।


विपिन चन्द्रा २९ बलमा २८ रनमा नट आउट रहे ।


महेन्द्रनगरको तर्फबाट रोबिन क्षत्रीले ४ ओभरमा १६ रन खर्चेर २ वकिेट लिए ।


प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा टस हारेर व्ययाटिङमा आएको युनाइटेडको तर्फबाट करण केसीले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरी नटआउट २४ रन बनाए ।


आरिफ शेखले सर्वाधिक ३५ रन बनाए । ३७ बल खेेलेका उनले ५ चौका प्रहार गरे । यस्तै पुनित मेहराले २६ तथा आसिफ शेख र रोहित पौडेलले ११/११ रन बनाए ।

सीवाईसी अत्तरियाको तर्फबाट कमलसिंह ऐरीले ४ ओभभरमा १६ रन खर्चेर २ विकेट लिए । कृष्ण कार्की, सुभांकर उराउ, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपिन चन्द्राले १/१ विकेट लिए ।

महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्ससँग बुधबार दोस्रो क्वालिफायर खेल खेल्ने छ ।

प्रकाशित : चैत्र २७, २०७४ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?