कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पल्सर स्पोर्ट्स अवार्ड जेठमा

काठमाडौँ — पल्सर स्पोर्ट्स अवार्ड २०७४ को १५ औं संस्करण ४ जेठमा आयोजना गर्ने नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार घोषणा गरेको छ ।

पल्सर स्पोर्ट्स अवार्ड जेठमा

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने कार्यक्रममा २०७४ सालमा खेल क्षेत्रमामार्फत् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन योगदान गरेका खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गर्ने मञ्चले जनाएको छ । नेपाली खेलकुदकै सर्बाधिक प्रतिष्ठित् यस अवर्डामा आठ विधामा खेलाडी, खेलकर्मीलाई सम्मान गरिनेछ ।


विगतका बर्षहरूमा जस्तै यसबर्षको पल्सर स्पोर्ट्स अवार्डमा बर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट गरी आठ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।


गत बर्ष उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपुल्स च्वाइस तथा उत्कृष्ट प्रशिक्षकलाई मोटरसाइकल प्रदान गरिएको थियो । उक्त विधाका विजेतालाई यसपाली पनि एनएस १६० मोटरसाइकल प्रदान गर्ने मञ्चका अध्यक्ष महेश आचार्यले बताए । अन्य विधाका विजेतालाई ५० हजार रुपैयासहित गिफ्ट ह्याम्पर दिइनेछ । अवार्डमा खेलाडी तथा प्रशिक्षकको मनोनयन चाँडै सार्वजनिक गर्ने बताइएको छ ।


पल्सर स्पोर्ट्स अवार्ड २०७३ मा उत्कृष्ट पुरुष खेलाडी फुटबलका किरण कुमार चेम्जोङ, उत्कृष्ट महिला खेलाडी ब्याडमिन्टनकी नङ्सल तामाङ, उत्कृष्ट युवा खेलाडी जुडोकी मनीता श्रेष्ठ प्रधान, उत्कृष्ट प्रशिक्षक एथलेटिक्सका पुष्पराज ओझा, पिपुल्स च्वाइस अवार्ड एथलेटिक्सकी कान्छीमाया कोजु, पारा एथलिट अवार्ड दृष्टिविहिन क्रिकेटर पदम बडेला, लाइफटाइम एचिभमेन्ट अवार्ड गल्फका घनश्याम थापा, स्पेशल अवार्ड बन्दी सहायता नियोग (पाम) लाई प्रदान गरिएको थियो । टिम अफ दि इयर राष्ट्रिय भलिबल टिम भएको थियो ।


अवार्डको लागि मञ्चले मुख्य प्रायोजक हुलास चन्द एन्ड कम्पनीसँग मंगलबार नै सम्झौता गर्‍यो । सम्झौतापत्रमा हुलासचन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यू गोल्छा र मञ्चका अध्यक्ष महेश आचार्यले हस्ताक्षर गरे । ‘नेपाललाई एकजुट बनाइरहेको खेल जगतकै सर्बाधिक प्रतिष्ठित् अवार्डलाई सहयोग गर्न पाउँदा खुशी छौं । भविष्यमा पनि अवार्डलाई हाम्रो सहयोग अझ बृहत् रुपमा निरन्तर गर्नेछौं,’ निदेर्शक गोल्छाले भने, ‘यसपाली अवार्डलाई हाम्रो २० लाख रुपैया बराबरको सहयोग हुनेछ । त्यसमा १० लाख रुपैया नगद र चार वटा बाइक हुनेछन् ।’


प्रकाशित : चैत्र २७, २०७४ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?