डीपीएल क्रिकेटः काठमाडौं गोल्डेन्स फाइनलमा, धनगढीसँग भिड्ने

कान्तिपुर संवाददाता

धनगढी — काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउँदै रुस्लान धनगढी प्रमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै फाइनल प्रवेश गरेको हो ।

काठमाडौं गोल्डेन्सले शुक्रबार हुने फाइनलमा टिम चौराह धनगढीसँग फाइनल खेल्नेछ। खेल मध्यान्ह १२:३० मा हुनेछ।

Yamaha

प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङमा आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो।

१४३ रनको विजय लक्ष्य लिएर आएको काठमाडौं गोल्डेन्सले १८.२ ओभरमा उक्त लक्ष्य भेट्टायो।

काठमाडौंको तर्फबाट सुबोथ भाटीले १८ बलमा ५२ रन बनाए। अमित श्रेष्ठले १९ बलमा २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ र भुपेन्द्र थापाले २१ बलमा १५ रन बनाए। पुष्प थापा ९ रनमा आउट भए।

यस्तै सन्नी पटेल र नरेश बुढाऐर नटआउट क्रमशः १ र ७ रन बनाए।

महेन्द्रनगरको तर्फबाट पुनित मेहराले २ विकेट लिए भने भुवन कार्की, पुनित विष्ट र रोबिन क्षत्रीले १/१ विकेट लिए।

दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडल काठमाडौं गोल्डेन्सलाई १४३ रनको विजय लक्ष्य दिएको थियो । प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा भइरहेको खेलमा टस हारेर महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो ।

यसअघि १० रनमा ६ विकेट गुमाएको महेन्द्रनगरको तर्फबाट पुनित महेराले ४२ बलमा ५८ रन बनाए भने आरिफ शेखले ३९ बलमा ४३ रन बनाए।

यसैगरी करण केसीले १२ बलमा २१ रन बटुले भने पुनित विष्टले ७ रन बनाए।

महेन्द्रनगरका कप्तान विनोद भण्डारी, आसिफ शेख, हरिसंकर साह, रोहित पौडेल र भुवन कार्की शुन्यमा आउट भए।

आरिफ शेख र पुनित मेहराले ८५ रनको साझेदारी गरेका थिए।

काठमाडौंका सन्नी पटेलले सुरुमै ६ विकेट लिएपछि महेन्द्रनगरले अधिकांश समय दबाबमा खेलेको थियो। उनले ४ ओभरमा १ मेडेन राख्दै १० रन खर्चेर ६ विकेट लिए। उनी डिपीएल क्रिकेटको एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने।

पुष्प थापा र सुबोथ भाटीले १/१ विकेट लिए।

प्रकाशित : चैत्र २९, २०७४ १२:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एनसेलले ल्यायो ‘सही’ डाटा प्याक

दैनिक १ घण्टाको नि:शुल्क भिडियो स्ट्रिमिङ बोनस 
कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेलले ‘फ्यूल योर फन’ योजना अन्तर्गत ‘सही’ डाटा प्याक संचालनमा ल्याएको छ । बिहीबारदेखि लागु भएको यो प्याकमा १० गुणा बढी डाटा प्राप्त गरी थप सुलभ दरमा इन्टरनेट सुविधा लिन सकिने कम्पनीले जनाएकाे छ ।

साेही प्याक मार्फत प्रयोगकर्ताले बोनस वाफत दैनिक एक घण्टा नि:शुल्क भिडियो स्ट्रिमिङको सुविधा पनि दिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

यो योजनाअन्तर्गत आधा जीबी देखि १५ जीबीसम्म १ देखि ३० दिन चौबिसै घण्टा चलाउन सकिने अल टाइम डाटा प्याकहरु ३९ देखि ७ सय ९९ रुपैयाँसम्ममा सुचारु गर्न सकिनेछ।

यो सेवा लिएका ग्राहकले प्याक अवधिभर दैनिक एक घण्टा नि:शुल्क भिडियो स्ट्रिमिङको सुविधा पाउनेछन्। भिडियो स्ट्रिमिङमा आईफ्लिक्स, युट्युब, युट्युबगो तथा एनसेलको अरु भिडियो प्लेटफर्म (नेट टिभि, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल) का भिडियो कन्टेन्ट हेर्न सक्नेछन्। ग्राहकले गुगलको सेवा जस्तै प्लेस्टोर, म्याप लगायतमा पनि स्ट्रिमिङ सुविधाको प्रयोग गर्न सकिने विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित : चैत्र २९, २०७४ १२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT