कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डीपीएल-२ क्रिकेटको उपाधि टिम चौराह धनगढीलाई [अपडेट]

धनगढी — रुस्लान धनगढी प्रिमियर लिगको उपाधि टिम चौराह धनगढीले उचालेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि उचालेको हो । १८२ रनको लक्ष्य लिएर आएको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १६० रनमा रोकेपछि चौराहले उपाधि उचाल्न सफल भएको थियो ।

डीपीएल-२ क्रिकेटको उपाधि टिम चौराह धनगढीलाई [अपडेट]

काठमाडौंबाट ओपनर अमित श्रेष्ठले ससर्ावधिक ५८ रन बनाए । ३९ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।


पुष्प थापा १५, ज्ञानेन्द्र मल्ल ३०, नरेश बुढाऐर १९ र सन्नी पटेल २२ रनमा आउट भए ।

टिम चौराह धनगढीका ललितसिंह भण्डारीले ३ र म्यान अफ दि फाइनल रोहन मुस्तफाले २ विकेट लिए ।


ललितले ४ ओभरमा २२ र मुस्तफाले ४ ओभरमा ४६ रन खर्चिए । सम्साद शेख र योगेन्द्रसिंह कार्कीले १/१ विकेट लिए ।


गत वर्ष धनगढीले विराटनगर किंग्सलाई पराजित गर्दै डीपीएलको पहिलो संस्करण जितेको थियो ।


टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनायो ।


सुनील धमला र रोहन मुस्तफाले १४२ रनको साझेदारी गरेपछि धनगढीले फाइनलमा राम्रो योगफल बनाएको हो ।


ओपनर धमलाले ६३ बल खेली ८ चौका ३ छक्काको मद्दतले ७८ रन बनाए । उनी अन्तिम ओभरमा सुबोथ भाटीको बलमा आउट भए ।


अर्का ओपनर अस्फाक अहमदलाई ४ रनमा गुमाएपछि क्रिजमा आएका मुस्तफाले ६० रन बनाए । युएईका यी ब्याट्सम्यानले ४२ बल खेली ४ चौका र ४ छक्का प्रहार गरे ।


काठमाडौं गोल्डेन्सबाट भाटीले २ विकेट लिए । सन्नी पटेलले १ विकेट लिए ।

....

यी दुई टोली प्रतियोगितामा तेस्रोपटक भिडेका थिए ।


उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले धनगढीलाई पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा धनगढीले १ बल बाँकी रहँदा १ विकेटको रोमाञ्चक विजय हात पारेको थियो ।

प्रकाशित : चैत्र ३०, २०७४ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?