१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सिटी उपाधि नजिक

एएफपी

लन्डन — म्यानचेस्टर सिटी शनिबार राति पाँचौं इंग्लिस लिग उपाधिको नजिक पुगेको छ । पछिल्लो एक साताको विर्सनलायक खराब प्रदर्शनयता सिटीलाई पुनरागमन गर्दै टोटनहमलाई वेम्बलीमा ३–१ ले हरायो । 

सिटी उपाधि नजिक

टोटनहमका लागि हारको अर्थ चेल्सीले अर्को वर्ष च्याम्पियन्स लिग खेल्ने सम्भावना जीवन्त रह्यो । चेल्सीले यसअघि दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर साउथह्याम्पटनलाई ३–२ ले हरायो ।

लिभरपुललले भने बर्नमाउथलाई ३–० ले हराएर शीर्ष चारमा आफ्नो पकड मजबुत बनायो । त्यसमा मोहम्मद सलाहले एक गोल गदै यस सिजनले आफूले गरेको गोल संख्या ४० पुर्‍याए ।

च्याम्पियन्स लिगमा लिभरपुलसँग दुई लेगको खेल गुमाएयता सिटीले प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडसँग घरमा पराजित रहेर लिग जित्नका लागि कुर्न बाध्य भएको थियो । तर पेप ग्वार्डिओलाको सिटीले टोटनहमविरुद्ध भने उत्कृष्ट खेल पस्कने काम गरेको थियो ।

अब सिटीले अर्को आइतबार स्वान्सी सिटीको आथित्य गर्नेछ । त्यस अगाडि आजको खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट ब्रुमको हातबाट पराजित रहेपनि सिटी लिग च्याम्पियन बन्नेछ ।

प्रकाशित : वैशाख २, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?