१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिटीलाई कीर्तिमानको भोक

रोरी स्मिथ

म्यानचेस्टर — पेप ग्वार्डिओलाले पूरा दिन गल्फ खेले । रहिम स्टर्लिङ घरको सोफामा आराम गरिरहेका थिए अनि भिन्सेन्ट कोम्पनी आफ्नो परिवारसँग म्यानचेस्टर सिटीको आफ्नै टेलिभिजनमा व्यस्त थिए ।

सिटीलाई कीर्तिमानको भोक

दिनको अन्त्यमा सिटीलाई इंग्लिस प्रिमियर लिग उपाधि दिलाउन उनीहरूले केही गर्नुपरेन । पछिल्लो सात वर्षमा तेस्रोपल्ट लिग उपाधि जित्न पक्कै पनि ग्वार्डिओला र उनका खेलाडीले यस्तो स्थिति कल्पना गरेका थिएनन् ।

सिटीले गत साता आफ्नो घरेलु मैदान इतिहादमा म्यानचेस्टर युनाइटेडलाई हराएको भए उपाधि उनीहरूको भइसक्थ्यो । त्यो गज्जब हुन्थ्यो । छिमेकी शत्रु क्लबविरुद्ध पहिलो हाफमा दुई गोलले अगाडि रहेर पनि सिटी पतनको सिकार भयो र खेल गुमायो ३–२ ले । हारमा ग्वार्डिओला साँच्चै स्तब्ध देखिए । त्यति बेला उनी भन्थे– ‘अब सिटीले लिग जित्न खेल्न बाँकी ६ खेलमध्ये दुईमा विजयी रहनुपर्छ । तर अन्त्यमा एक जित नै पर्याप्त रह्यो ।’

१० दिन अन्तरमा सिटी लिभरपुलसँग पराजित हुँदा युरोपेली च्याम्पियन्स लिगबाट बाहिरियो । म्यानचेस्टर डर्बी पनि गुमाउन बाध्य रह्यो । शनिबार राति भने सिटीले टोटेनहमलाई सजिलै ३–१ ले पन्छायो । आइतबार बिहान सिटीसँग लिगतालिकाको शीर्षस्थानमा १६ अंकको अग्रता प्राप्त थियो । सिटीका लागि युनाइटेड नै नजिकको प्रतिद्वन्द्वी थियो, त्यसैले ५ चरणका खेल बाँकी हुँदा दुई टिमबीचको अन्तर १३ अंक हुने विश्वास थियो ।

आइतबारको त्यस दिन जोसे मोउरिन्होको युनाइटेडले घरमा वेस्ट ब्रुमको सामना गरेको थियो । वेस्ट ब्रुम त्यो टिम हो, जुन अंकतालिकाको पुछारमा छ अनि रेलिगेसनमा पर्ने तयजस्तै छ । सिजनको अन्त्य पुग्दा क्लबले दुई व्यवस्थापक, एक/एक अध्यक्ष, प्रमुख कार्यकारी र निर्देशकलाई बर्खास्त गरिसकेको थियो । कोम्पनीले पनि ओल्ड ट्राफोर्डमा भएको त्यस खेलबाट केही पनि अपेक्षा राखेका थिएनन् । त्यस दिन कोम्पनीले आफ्ना फलोअरलाई टीटरमा सोधेका थिए, आइतबारको व्यस्त दिन कुन खेल हेर्छौं त ?

उनको सूचीमा ८ खेल थियो । मिलानविरुद्ध नेपोली, साल्केविरुद्ध बोरुसिया डर्टमन्ड, सेल्टिकविरुद्ध रेन्जर्स, एन्डहोभनविरुद्ध एजाक्स आदि आदि । त्यसमा उपाधिको निर्णय हुने खेल भने थिएन । तर त्यही खेलको दोस्रो हाफमा जे रोडरिग्वेजले वेस्ट ब्रुमलाई के अग्रता दिलाए, सबै सिटी खेलाडी त्यही खेलमा झुम्मिन थाले । युनाइटेडले जवाफमा गोल फर्काउन सकेन । उपलब्धि अधिकतम १५ अंकको स्थितिमा सिटीको अग्रता १६ अंक भयो ।

वर्षाबीच ओल्ड ट्राफोर्डमा खेल सकेको मात्र थियो, युनाइटेडका समर्थकमाझ आक्रोश व्याप्त थियो । र, निश्चित भयो, सिटी इंग्लिस फुटबलको च्याम्पियन बनेको छ । खासमा यो लिगको ‘एन्टी क्लाइमेक्स’ जस्तै रह्यो । सन् २०१२ मा सिटीले लिग जित्दा सर्जियो अगुइरोले खेलकै अन्तिम प्रहारमा गोल गरेका थिए । अहिले फरक परिस्थितिमा सिटीले उपाधि चुमेको छ । त्यति बेला के भयो र अहिले के भयो, तुलना नै गर्न नसकिने भएको छ ।

तर ग्वार्डिओला र उनका खेलाडीसामु अझै केही अवसर भने छन् साँच्चै खुसी हुने । जस्तो, सिटीले कीर्तिमान अन्तरमा लिग जित्न सक्छ, कीर्तिमान अन्तर गोल र जितको पनि हुनसक्छ । सिटीका आलोचकले पैसाकै खेलले उसले लिग जितेको पनि भन्न सक्छ । तर सिटी लिगका अरु क्लबभन्दा धेरै राम्रो रह्यो । टिम कति राम्रो भने बल नै प्रहार गर्नुपरेन, लिग उपाधि जित्न । मोउरिन्होकै भाषामा कसैले नभने हुन्छ, ‘सिटीलाई लिग उपाधि दिलाएकै युनाइटेडले हो ।’

– न्युयोर्क टाइम्स

प्रकाशित : वैशाख ४, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?