उदयपुर गोल्डकप तेस्रो साता

कान्तिपुर संवाददाता

उदयपुर — उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं संस्करण वैशाख २२ देखि सदरमुकाम गाईघाटमा हुने भएको छ ।प्रतियोगितालाई तीव्र तयारी थालिएको गोल्डकप मूल आयोजक समितिका सयोजक किरण राईले सोमबार पत्रकार सम्मेलनमा बताएका छन् ।

पाँचौं उदयपुर गोल्डकपबारे जानकारी गराउँदै आयोजक समितिका संयोजक किरण राईलगायत पदाधिकारी । तस्बिर : डिल्लीराम खतिवडा

वैशाख २९ सम्म थरूहट–त्रियुगा रंगशालामा हुने प्रतियोगितामा यसपालि पुरस्कार राशिमा तेब्बर वृद्धि गरिएको छ । विजेताले ५ लाख रुपैयाँ जित्नेछ । चौथो संस्करणसम्म १ लाख ५० हजार विजेताको पुरस्कार रहेको थियो । उपविजेताले ३ लाख रुपैयाँ पाउने छ ।

प्रतियोगिताको संयोजन त्रियुगा नगरपालिकाले गर्नेछ । गोल्डकपमा जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकासहित ८ वटै स्थानीय तहको सहयोग हुने जनाइएको छ । प्रतियोगिताको मुख्य प्रायोजन एसियन थाई फुड्स प्रालि र प्राविधिक सहयोग राष्ट्रिय खेलकुद परिषद तथा जिल्ला खेलकुद विकास समितिले गर्नेछन् । सहप्रायोजन गोर्खा ब्रुअरी प्रालि, जाउलाखेल डिस्ट्रिलरी, उदयपुर सिमेन्ट र हिमाली यातायातलगायत विभिन्न संघसंस्थाले गर्ने जानकारी गराइयो ।

प्रतियोगितामा भाग लिने टिमको टुंगो भई नसकेको भए पनि साबिककै टिमको सहभागिता रहनेगरी सम्झौता प्रक्रिया अघि बढिसकेको आयोजकले जनाएको छ । ए डिभिजन टोली थ्रीस्टार क्लब, त्रिभुवन आर्मी, नेपाल पुसिल, संकटा क्लब, मनाङ मस्र्याङ्दीलगायत झापा ११, मोरङ ११, सुनसरी ११, रूपन्देही ११ र घरेलु टोली उदयपुर ११ को सहभागिता रहने छ ।

संयोजक राईले उदयपुर गोल्डकप जिल्लाको जेठो गोल्डकप भएको भन्दै सबैको सहयोगबाट ६ वर्षदेखि निरन्तर सफल सञ्चालन हँुदै आएको बताए । उनले गोल्डकपकै कारण सदरमुकाममा थरूहट–त्रियुगा रंगशाला निर्माणको अन्तिम चरणमा पुगिसकेको बताउँदै यसले सबै खेलप्रेमीलाई गौरवान्वित गराएको बताए । उनका अनुसार प्रतियोगिता गर्न करिब ५० लाख रुपैयाँ खर्च हुनेछ ।

उदयपुरका त्रियुगा नगरपालिकामा उयदपुर गोल्डकप, कटारी नगरपालिकामा कटारी गोल्डकप र चौदण्डीगढी नगरपालिकामा बसाहा गोल्डकप हुँदै आएको छ ।

प्रकाशित : वैशाख ४, २०७५ ०७:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

आर्मी र जेभियर विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्मी ‘ए’ र जेभियरले प्रथम मनमोहन स्मृति खुला बास्केटबलमा सोमबार जित पाएका छन् । आर्मीले बलर्जलाई ७४–५१ स्कोरले हरायो । आर्मीका सदीश प्रधानले २४ स्कोर जोडे ।

प्रथम मनमोहन स्मृति खुला बास्केटबलमा स्कोर प्रयासमा अगाडि बढेका जेभियरका निकेश मगरलाई रोक्दै आर्मी ‘बी’ (हरियो) का खेलाडी ।

पहिलो क्वाटरमा २६–१४ को अग्रता लिएको आर्मी दोस्रोमा १६–१८ ले पछि पर्‍यो । तेस्रो र चौथो क्वाटरमा अगाडि रहेको आर्मी ‘ए’ ले क्रमश: १६–६ र १६–१३ स्कोर जोड्यो ।

जेभियरले आर्मी ‘बी’ लाई ७४–७२ को साँघुरो अन्तरले पराजित गर्दा निकेश मगरले २३ स्कोर गरेका थिए । सुरुको क्वाटरमा १५–२२ ले पछि परेको जेभियरले दोस्रो र तेस्रो क्वाटरमा अग्रता बनाउँदै जित निकाल्यो । जेभियरले दोस्रोमा २२–१७ र तेस्रोमा २३–१३ स्कोर बनायो । चौथो क्वाटर आर्मीले २०–१४ ले आफ्नो पक्षमा पारे पनि जित हात पार्न सकेन । बूढानीलकण्ठले युनिभर्सललाई ७९–६२ ले पराजित गर्‍यो । विजेताका विराज रानाले १७ स्कोर गरे ।

बूढानीलकण्ठले पहिलोमा १५–८, दोस्रोमा २२–१४, तेस्रोमा १२–१८ र चौथो क्वाटरमा ३०–२० को प्रदर्शन गरेको थियो ।

महिलातर्फ समृद्ध गोरिल्लाजले आयोजक नेकोसमाथि ४८–५ को सहज जित निकाल्दै सेमिफाइनल पक्का गर्‍यो । समृद्धकी मुना महर्जनले १५ स्कोर जोडिन् । ३ टोली रहेको समूह ‘बी’ मा लगातार दोस्रो हारसँगै नेकोस बाहिरिएको छ । नेकोसको बहिगर्मनसँगै साइपाल पनि सेमिफाइनल पुग्यो ।

प्रकाशित : वैशाख ४, २०७५ ०७:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT