२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

गेल र धोनी चम्केको दिन

एएफपी

पन्जाब — इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुनुअघि किंग्स इलेभेन पन्जाबका कप्तान रविचन्द्रन आश्विनले आश्चार्यता दिने वाचा गरेका थिए । उनको त्यो आश्चार्यता क्रिस गेललाई ओपनिङ ब्याटिङमा ल्याएपछि भएको थियो । चेन्नई सुपर किंग्ससँग गेयलले खासै राम्रो खेलेको इतिहास छैन् ।

गेल र धोनी चम्केको दिन

त्यसै पनि पबजाबको टोलीमा तीन ओपनर थिए । यस सिजनको आईपीएलमा पहिलो मौका पाउँदा गेयलले आफूलाई फेरि प्रमाणित गरिदिए । ३८ वर्षे गेलले ३३ बलमा ६७ रन बनाए । उनले ७ चौका र ४ छक्का प्रहार गरे । उनको योगदानमा पन्जाबले पावर–प्लेमा ७५ रन र कुल १ सय ९७ रन बनायो ।

चेन्नईले सिजनको आफ्नो तेस्रो खेल पनि अन्तिम ओभरमा पुर्‍यायो । तर पन्जाबभन्दा ४ रनले पछाडि रह्यो । टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ९३ रनमात्र बनाउन सक्यो । चेन्नई पराजय नजिक पुगिसकेको अवस्थामा जिततिर डोर्‍याउने अर्का भेट्रान खेलाडी महेन्द्रसिंह धोनी थिए । उनले खेलको अन्तिम बलमा छक्का पनि प्रहार गरे । धोनीले ४४ बलमा ७९ रन बनाए । उनले ६ चौका र ५ छक्का प्रहार गरे ।

अन्तिम ४ ओभरमा चेन्नईलाई विजयनिम्ति ६७ रन खाँचो थियो । जति खेर धोनी २८ बलमा ३३ रन बनाएर खेलिरहेका थिए । त्यो अवस्थामा धोनीले ३ चौका र ३ छक्का प्रहार गरे । डेडबल विशेषज्ञ एन्ड्रयु टाईको दोस्रो अन्तिम ओभरमा धोनीले १९ रन प्रहार गरे ।

अन्तिम ओभरमा १७ रन चाहिँदा धोनीले चेन्नईलाई खेलमा रोचकता दिलाए । चेन्नईले कोलकाता नाइट राइडर्ससँगको पछिल्लो हाई स्कोरिङ खेल यस्तै स्थितिमा जितेको थियो । अन्तिम ओभरको दोस्रो बलमा स्ट्राइक पाएका धोनीले मोहित शर्माको बलमा त्यसरी खुलेर खेल्न सकेनन् । तीन डट बल खेलेका धोनीले त्यो ओभरमा १ चौका र १ छक्का मात्र प्रहार गर्न सके ।

तीन खेलमा दोस्रो जित हात पारेपछि पन्जाब राम्रो रनरेटका कारण दोस्रो स्थानमा उक्लिएको छ । चेन्नईको पनि ४ अंक छ । तर टोली रनरेटमा पन्जाबभन्दा पछाडि छ ।

प्रकाशित : वैशाख ४, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?