एपीएफको जित

विप्लव भट्टराई

इलाम — विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले चौथो माईभ्याली गोल्डकप फुटबलबाट सिजनको पहिलो जित निकालेको छ । शुक्रबार एपीएफले बंगलादेशको कावरन प्रोगति संघविरुद्ध ३–१ को जित निकाल्यो ।

एपीएफको जित

अघिल्लो सिजन आधा दर्जन प्रतियोगिताको फाइनल खेल्दा एपीएफले चितवनको विकास रनिङ सिल्ड मात्र जितेको थियो । एपीएफका युवराज खड्काले १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले रञ्जन विष्टको पासलाई गोलमा परिणत गरेपछि दबाबमा परेको कावरनले ३५ औं मिनेटमा अर्को गोल खायो । एपीएफका रुपबहादुर मगरले दोस्रो गोल गरे । ५३ औं मिनेटमा एपीएफका नवीन लामाले तेस्रो गोल गरेका थिए । बंगलादेशी टोलीबाट अलामगिरले ७८ औं मिनेटमा फर्काएको गोल सान्त्वनामा परिणत भयो ।

एपीएफ दोस्रो संस्करणको उपविजेतो हो । उसले झापा ११ लाई उपाधि सुम्पेको थियो । राष्ट्रिय टोलीको अनुभव बोकेका आदित्य चौधरी, सुदीप सिख्राकार र रञ्जन विष्टसहितका खेलाडीले उतारेको एपीएफले कावरनविरुद्ध छोटो पास खेल्दै आक्रामक रणनीति लिएको थियो । फरवार्डलाइन राम्रो रहे पनि उसको डिफेन्स र मिडफिल्डको कमजोरीमा एपीएफले फाइदा उठायो ।

‘विदेशी टिमसँगको प्रतिस्पर्धा रहेकाले कमजोर आँकेका थिएनौं,’ एपीएफका प्रशिक्षक गणेश लावतीले भने, ‘अरु खेलमा फिनिसिङ सुधार्नुपर्ने आवश्यकता देखिएको छ ।’ युवराज खडा, गणेश लामालगायत वान भर्सेस वानको अवस्थामा गोल गर्नवाट चुकेका थिए ।

तीन राष्ट्रिय टोलीका खेलाडीसहित आएको बंगलादेशको ए डिभिजन क्लब कावरनले थोरै मात्र अवसर पायो । लामो यात्रा र मैदानको अनुभव कम हुँदा पराजित हुनुपरेको प्रशिक्षक उज्वल खानले सुनाए ।

एपीएफका रुपबहादुर लामा म्यान अफ द म्याच घोषित भए । एपीएफले डिफेन्डिङ च्याम्पियन झापासँग सेमिफाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ । शनिबार संकटा क्लबले सिक्किम युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : वैशाख ८, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?