विश्वकपलाई लामो यात्रा

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट २०२० खेल्न तीन छनोट चरणका प्रतियोगिता पार गर्नुपर्ने भएको छ । भर्खरै मात्र वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरे पनि नेपालले एसियाका अन्य एसोसिएट राष्ट्रसँगै विश्वकप छनोटमा खेल्नुपरेको हो । विश्वकप सन् २०२० को १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म अस्ट्रेलियामा हुनेछ ।

विश्वकपलाई लामो यात्रा

नेपालले प्रारम्भिक छनोटमा एसियाको ७ टोलीसम्मिलित एसिया समूह ‘बी’ को प्रतियोगिता खेल्नेछ । मलेसियामा अक्टोबर ३ देखि १२ सम्म चल्ने प्रतियोगिताबाट ३ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन् । समूह ‘बी’ मा आयोजक मलेसिया र नेपालसँगै भुटान, चीन, म्यानमार, सिंगापुर र थाइल्यान्डले प्रस्तिस्पर्धा गर्नेछन् । एसियाको पश्चिम क्षेत्रका ६ टोलीबाट पनि ३ टोली एसियाली छनोटमा सम्मिलित हुनेछन् ।

६ टोलीसम्मिलित एसियाली छनोटबाट दुई टोलीले विश्वकप छनोटको अन्तिम प्रतियोगितामा सहभागिता जनाउने छन् । विश्वकप छनोटको अन्तिम चरणमा आईसीसीको टी–२० आई वरीयताको शीर्ष १० मा नअटाएका ६ टोली र एसियाका दुईसहित अन्य ४ क्षेत्रबाट छनोट भएका ८ गरी कुल १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताबाट ६ टोलीले १६ टोलीसम्मिलित आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकपमा खेल्नेछन् । विश्वकप छनोटका लागि कुल ७८ टोलीले छनोटमा प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्ये ६२ टोलीले क्षेत्रीय छनोटमा खेल्नेछन् भने २५ टोली क्षेत्रको अन्तिम छनोटमा पुग्नेछन् ।

प्रकाशित : वैशाख ८, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?