२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नेपालगन्ज कप फाइनलमा दंगाली

नेपालगन्ज — कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आशीर्वाद पेन्ट्स नेपालगन्ज कप क्रिकेटमा दंगाली गोर्खाज् फाइनल पुगेको छ ।

नेपालगन्ज कप फाइनलमा दंगाली

सोमबार दंगालीले पाल्पा योद्धाजविरुद्ध ७ विकेटको जित दर्ता गरेको थियो । प्रतियोगितामा एउटै खेल जित्न नसकेको पाल्पाले टस जितेर ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १३ रन बनायो ।

दंगालीले १ सय १४ रनको लक्ष्य १४.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । लिगको अन्तिम खेलको हारसँगै पाल्पा प्रतियोगिताबाट बाहिरिएको छ । अर्धशतक बनाएका दंगालीका सद्दाव अन्सारी म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित : वैशाख ११, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?