कान्तिपुर हाफ म्याराथन जेठ ५ मा

काठमाडौँ — कान्तिपुर हाफ म्याराथनको आठौं संस्करण निर्धारित मितिभन्दा एक साता पछाडि सरेको छ । यसपालि प्रतियोगिता वैशाख २९ गते हुने तय भएको थियो । तर प्राविधिक कारणले हाफ म्याराथन जेठ ५ मा सार्नुपरेको आयोजक कान्तिपुर मिडिया गु्रप (केएमजी) ले जनाएको छ ।

कान्तिपुर हाफ म्याराथन जेठ ५ मा

विगत वर्षहरूमा कान्तिपुरको वार्षिकोत्सव फागुन ७ मा हुँदै आएको प्रतियोगिता रजत वर्ष परेका कारण अलि पछाडि सारिएको थियो । ‘समृद्धिका लागि दौड’ भन्ने नारासाथ हुने प्रतियोगितामा महिला/पुरुष हाफ म्याराथन (२१.१ किमि), फन रनको रूपमा रहेको कर्पोरेट तथा मिडिया (५ किमि) र हिलचियर रेस समावेश गरिएको छ ।

दुवैतर्फका हाफ म्याराथन विजेताले रनरको स्कुटीका साथै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दोस्रा र तेस्राले क्रमश: ३० हजार र २० हजार पाउनेछन् । छैटौं स्थानसम्मका विजेताले नगद पुरस्कार पाउने छन् । गत वर्ष हाफ म्याराथनको उपाधि राष्ट्रिय खेलाडी हरिकुमार रिमाल र कान्छीमाया कोजुले जितेका थिए । दुवै यस म्याराथनका सफल खेलाडीमा पर्दछन् । कान्छीमायाले चार र हरिकुमारले तीनपल्ट उपाधि जितेका छन् ।

प्रकाशित : वैशाख १४, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?