कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोश्रो अन्तर्राष्ट्रिय कँराते प्रतियोगिता सुरु

डम्बरसिं राई

खोटाङ — खोटाङको दिक्तेल, रुपाकोट मझुवागढी नगरपालिकाको माटिकोरे खेल मैदानमा दोश्रो अन्तर्राष्ट्रिय कँराते प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । प्रतियोगितामा भारत, श्रीलंका लगायत नेपालका विभिन्न घरेलु टोलीसहित ११ टिम सहभागी छन् ।

दोश्रो अन्तर्राष्ट्रिय कँराते प्रतियोगिता सुरु

खेलको पहिलो दिन पुरुष टिम काता, महिला टिम काता, एकल पुरुष कता, एकल महिला काता सकिएको छ । यस अन्तर्गत पुरुष टिम कातातर्फ नेपाली सेनाका डम्बर आले मगर, जुहारिला खत्री, सानुकुमार रुम्बा प्रथम, मोतिचन्द्र राई, अर्जुन श्रेष्ठ, रुरीहाङ दुमी आयोजक टिम दोश्रो र प्रदेश नं–६ दिपक विक, लवराज आचार्य, सुरज नेपाली तेश्रो भएका छन् ।

महिला कातातर्फ नेपाली सेनाका सुनिता नेपाली, संगीता मगर र पूर्णकुमार कुमाल प्रथम, भारतका भन्सीका तनवार, अङ्किता र अपर्णा चौहान दोश्रो र आयोजकका रोस्मा राई, विद्याकला राई र नन्जु राई तथा प्रदेश नं–३ का कोपिला बुढाथोकी, एलिना तामाङ र पूर्णीमा रानामगर तेश्रो भएका छन् ।

पुरुष एकल कातातर्फ नेपाली सेनाका डम्बरबहादुर आलेमगर प्रथम, आयोजक मोतिचन्द्र राई दोश्रो, भारतका चौहान दत्तचौट र प्रदेश १ का विनय लिम्बु तेश्रो भएका छन् । महिला एकल कातातर्फ भारतकी भन्सिका तनवार प्रथम, नेपाली सेनाकी कर्मा लामा दोश्रो, आयोजक रोस्मा राई र प्रदेश नं १ की स्वस्तिका राई तेश्रो भएका छन् ।

खेलमा प्रथम हुनेले नगद ७० हजारसहित मेडल, कप र प्रमाणपत्र, दोश्रो हुनेले नगद ३५ हजार मेडल, कप र प्रमाणपत्र तथा तेश्रोले २५ हजार नगद मेडल, कप र प्रमाणपत्र पाउने आयोजक सितोरियो कँराते संघ खोटाङका अध्यक्ष सन्जयकुमार राईले बताए । कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गरेका हुन् । कार्यक्रममा सितोरियो कँराते महासंघका अध्यक्ष दावा सेर्पा लगायत अन्तर्राष्ट्रिय प्रशिक्षकहरु समेत उपस्थित भएका छन् ।


प्रकाशित : वैशाख २१, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?